आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यकः प्रधानमन्त्री दाहाल

  • Get News Alerts

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए।

“रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको छ, वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भयो, नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्छ”– उनले भने।
राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनमा आफू लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले छिटो काम गर्ने आयोजनाका कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गरे। आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णय गर्दा निजी क्षेत्रको राय लिइने प्रतिबद्धता उनले जनाए।

हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको उनले बताए। “मधेस, पहाड र हिमाल मिलाएर संविधान कार्यान्वयन गर्न सरकार लागेको छ, राष्ट्रिय समझदारी र स्थिरता नै सही राष्ट्रवाद हो, यही जनताको पनि चाहना हो” – प्रधानमन्त्री दाहालले भने।

सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको उनले बताए। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत् उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिए।

“अहिले आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम छ, वार्षिक रु एक खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा खर्चिनुपरेको छ, यसबाट मुक्त गर्ने आर्थिक नीति निर्माण गरिनुपर्छ”–उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले निरन्तर विद्युत् आपूर्ति गर्न सरकारले अग्रसरता देखाएजस्तै आर्थिक वृद्धिमा पनि अभियान चलाउनुपर्ने बताए।

सो अवसरमा विद्युत् कटौती न्यून गर्न योगदान दिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो । साथै चेम्बर लाइफटाइम अचिभमेन्ट अवार्ड लक्ष्मीदास मानन्धरलाई प्रदान गरिएको थियो । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।