शिवसताक्षीको नगरविकास योजना सार्वजनिक

  • Get News Alerts

शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ७ करोड ३७ लाख ४१ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको निर्माणाधिन भवन परिसरमा बुधबार आयोजित  तेस्रो नगर परिषद कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापा मगरले नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कार्यकारी अधिकृत मगरले  आगामी आ.व. ०७४/०७५ मा चालु अनुदान रु. ३९ लाख ६० हजार , पूँजीगत अनुदान रु. ५ करोड २९ लाख ११ हजार–, एलजिसडिपि तर्फ रु. २५ लाख  को वजेट सार्वजनिक गरेका छन्।

यस्तै मगरले आन्तरिक आय तर्फ करको दायरा वृद्धि गरि फोहरमैला सेवा शुल्कसहित रु १ करोड २० लाख र राजस्व वाँडफाडबाट रु. २३ लाख ७० हजार  संकलन हुने अनुमान सहितको बजेट सार्वजनिक गरे।

उनले पूँजीगत तथा चालु आय व्ययका विषयगत शीर्षक अन्तर्गतका निर्णयहरु खण्ड खण्डमा समावेश हुने  समेत बताए। मगरले सामाजिक सुरक्षा कार्यक्रम तर्फ छुट्टै ८ करोड ५० लाख प्राप्त हुने अनुमान गरे।

गत आ.व.०७२ / ०७३ मा चालु तर्फ नेपाल सरकारको अनुदान रु ३६ लाख प्राप्त भएकोमा त्यतिनै खर्च भएको छ। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडीपी तर्फ रु. ३६ लाख ४० हजार नगरपालिकालाई प्राप्त भएकोमा रु. २६ लाख ६८ हजार २ सय ५२रुपैयाँ खर्च भएको मगरले बताए। यसै गरी सो आ.व.मा पूँजीगत अनुदानतर्फ ४ करोड ८९ लाख २४ हजार प्राप्त भएर को मा रु. ४ करोड ७४ लाख १३ हजार ७ सय ५६ खर्च भएको मगरले बताए ।

यता आन्तरिक आय तर्फ रु ३९ लाख २५ हजार  अनुमान गरिएकोमा उक्त आ.व.मा अघिल्लो आर्थिक वर्षको वचत रकम अ.ल्या.समेत गरी जम्मा रु. १ करोड १३ लाख ४ हजार १ सय १० रुपैया संकलन गर्न नगरपालिका सफल भएको कार्यकारी अधिकृत मगरले बताए  । सो रकम मध्ये ५५ लाख ७० हजार ८ सय ७२ खर्च भई रु. ५७ लाख ३३ हजार २ सय ३८  वैंक मौज्दात  रहेको सो कार्यलयले जनाएको छ।

यस्तै मालपोत कार्यालय दमकबाट राजस्व रकम बाँडफाँड शिर्षकमा १६ लाख ५ हजार ६० रुपैयाँ  प्राप्त भई  चालु आ.व.मा जिम्मेवारी सरेको समेत सो कार्यलय जनाएको छ ।

आ.व. २०७३/०७४ मा चालू आम्दानि तर्फ रु. ३६ लाख  र पूँजीगत तर्फ सार्वजनिक निर्माणमा रु. ४ करोड ३ लाख ९८ हजार गरी जम्मा रु. ४ करोड ३९ लाख ९८ हजार अनुमान गरिएकोमा नेपाल सरकारको चालु अनुदान तर्फ रु. ३६ लाख र पुँजीगत सशर्त तथा निशर्त अनुदान गरी जम्मा रु.४ करोड १४ लाख ६१ हजार प्राप्त भएको जनाईएको छ ।

यसैगरी स्थानीय शासन सामुदायिक विकास कार्यक्रम एलजिसीडिपी तर्फ आव ०७३/०७४ मा २७ लाख ९० हजार  अनुमान गरिएकोमा रु. २० लाख ४५ हजार प्राप्त हुन आएको नगरविकास योजना पुस्तिकामा उल्लेख छ।

यसैगरी आन्तरिक आय तर्फ शंसोधित अनुमानमा रु. ९९ लाख ७६ हजार ५ सय र राजस्व वाँडफाँडबाट रु. १९ लाख ७५ हजार संकलन हुने अनुमान गरिएको छ। यसमा दोस्रो चौमासिकको मंसीर मसान्तसम्मको आन्तरिक राजस्व संकलन रु. २९ लाख ९३ हजार५  सय ३८ रहेको छ। यसैगरी चालु आ.व.को मंसीर मसान्त सम्मको खर्च विवरण अनुसार चालु अनुदान तर्फ रु. १३ लाख ९१ ह्जार ८ सय ४७ रुपैयाँ र  पूँजीगत अनुदानतर्फ रु ५४ लाख २१, हजार ८ सय ७४ स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसीडीपी तर्फ रु. ४ लाख ८०, हजार र आन्तरिक  चालु तर्फ १६ लाख,५५हजार,४ सय ११  र आन्तरिक  पुजीगत तर्फ रु. ३८ लाख ३४ हजार३ सय ६०  खर्च भएको जनाईएको छ  ।

संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले पानसमा दिप प्रज्वलन गरि उद्धघाटन गरका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।