सुन तस्करीको छानबिन गर्न केन्द्रीय अनुसन्धान व्युरो नै सक्षम छः गृहमन्त्री

  • Get News Alerts

उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले सुन तस्करीको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई नै सबै जिम्मेवारी दिइएको बताएका छन् । व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री निधिले सुन तस्करीको छानबिनका लागि अलग्गै समिति गठन गर्न जरुरी नरहेको बताए।

‘धेरै तिरबाट छानबिन भयोभने अपराधी उम्किने खतरा हुन्छ,’ निधिले भने, ‘गृहलाई समेत दिनँहु जसो छानबिनको सूचना दिनुपर्देन। यसले काममा असजिलो हुनसक्छ।’

गृहमन्त्रालयले छानबिनका लागि अनुसन्धान व्युरोलाई पुर्ण रूपमा सहयोग गरेको भन्दै निधिले आबश्यक परेमा छानबिनका लागि जस्तोसुकै अधिकार दिन तयार रहेका बताए।

सुन तस्करी नयाँ किसिमले भएकोले यसको अनुसन्धान र छानबिन पनि नयाँ ढंगले हुनुपर्ने उनले बताए। अनुसन्धानका बिषयमा धेरै छलफल मात्रै गरिरहँदा अनुसन्धान झनै फितलो हुनसक्ने उनको तर्क छ।

‘सुन तस्करी संगठीत अपराध हो। कति समातिएका छन्। कति जना अनुसन्धानको घेरामा छन् यो बारे व्युरोलाई मात्र जानकारी छ,’ उनले भने, ‘अनुसन्धाको क्रममा जति जना संलग्न भएको भए पनि र जुन तहको भए पनि गृहलाई समेत जानकारी नदिइकन अनुसन्धान गर्न भनेको छु।’

३३ किलो सुन विमानस्थलबाट बाहिर समातिएकोले डिउटीमा रहेका प्रहरी समेत अनुसन्धानको घेरामा रहने उनले बताए ।

कांग्रेस सांसद अब्दुल राजक गद्धीले सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेकोले तस्करी रोक्न अन्य देशसँग समेत छलफल गर्नुपर्ने बताए।

एमाले सांसद मदनकुमारी शाहले राजनीतिक संरक्षणका आधारमा तस्करहरुलाई उम्कीन दिइने परम्परको अन्त्य हुनपर्ने बताइन्। उनले राजश्व चुहावट ,सुरक्षा चुनौती र भ्रष्टचार बढेकोले यसलाई रोक्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले विमानस्थलमा खटाइएका बिभिन्न निकायका कर्मचारीहरुको जिम्मेबारी जबाफदेहीताको अभावका कारण सुन तस्करी भएको बाताए। उनले बिमानस्थलका सबै तहका कर्मचारीहरुको निगरानी समेत जरुरी रहेको बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।