लोकमानविरुद्धको महाअभियोग अब के होला?

  • Get News Alerts

सर्वोच्च अदालतले जुन दिन लोकमान सिंह कार्कीको नियुक्ति बदर गर्यो, त्यसै दिन उनीविरुद्ध संसदमा विचाराधीन महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइएको छ।
 
सर्वोच्चले आइतबार ‘सेवा अवधि नपुगेको, उच्च नैतिक चरित्र र ख्याति नपुगेको’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा कार्कीको नियुक्ति बदर गरेको थियो। यो आदेशपछि उनीविरुद्ध संसदमा विचाराधीन महाअभियोग प्रस्ताव के हुन्छ भन्ने चासो बढेको छ।
 
नियुक्ति नै बदर भइसकेपछि कार्कीविरुद्धको महाअभियोग प्रस्ताव त्यत्तिकै निस्क्रिय हुने एकथरी सांसदहरू नै बताउँछन्। अर्काथरी भने सर्वोच्चको आदेश आएकै दिन महाअभियोग प्रस्ताव अघि बढेकाले अब यससम्बन्धी संसदीय प्रक्रिया निस्क्रिय हुन नसक्ने तर्क गर्छन्। 
 
सर्वोच्चको आदेश र महाअभियोगको उद्देश्य फरक भएकाले पनि एउटाको सट्टा अर्को प्रयोग नहुने उनीहरूको राय छ। सर्वोच्चले गरेको आदेश संविधानमा तोकिएको योग्यताअनुसार कार्की अख्तियारका प्रमुख आयुक्त हुन योग्य छैनन् भन्नेमा केन्द्रित छ। जबकि, महाअभियोग प्रस्तावले कार्कीका काम–कारबाही छानबिन गरी अनुचित पुष्टि भए दण्ड गर्नेछ। 
 
‘नियुक्ति बदर हुनु र उनलाई महाअभियोग लगाउनु फरक कुरा हो,’ महाअभियोग सिफारिस समितिका सदस्य एवं एमाले सांसद रेवतीरमण भण्डारीले मंगलबार सेतोपाटीसँग भने, ‘त्यसैले, यो प्रस्ताव त्यत्तिकै तुहिने कुनै गुञ्जायस छैन। यो प्रस्तावमा संविधानको धारा १०१ को उपधारा ९ आकर्षित भइसकेको छ।’
 
संविधानको उक्त धारामा महाअभियोग प्रमाणित भए ती व्यक्तिले पाउने सरकारी सुविधा कटौती हुने र भविष्यमा समेत अयोग्य ठहरिने प्रावधान छ। ‘सर्वोच्चले त लोकमानको नियुक्ति मात्र बदर गरेको हो, महाअभियोगको विषय बाँकी छ,’ भण्डारीले भने, ‘सरकारी सेवा–सुविधा कटौती गर्न र भविष्यमा समेत अयोग्य ठहर्याउन महाअभियोग अघि बढ्नुपर्छ।’
 
समितिका अर्का सदस्य तथा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पनि महाअभियोग प्रस्ताव सिफारिस समितिमा पेस भइसकेकाले अब जुनसुकै अवस्थामा अघि बढ्ने बताए। ‘संसदले महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइसकेको छ, अब यो संवैधानिक व्यवस्थाअनुसारै अघि बढ्छ,’ उनले भने।
 
समितिका एक सदस्यले भने राजनीतिक सहमतिका आधारमा अप्रत्यक्ष रूपले टुंग्याउने हो भने महाअभियोग प्रस्ताव तामेलीमा राख्न सकिने बताए। ‘संसद अदालतजस्तो नभइकन राजनीतिक थलो पनि हो,’ उनले भने, ‘सर्वोच्चको निर्णयलाई मात्र आधार मानेर महाअभियोग प्रस्ताव तामेलीमा राख्ने हो भने कार्कीको सरकारी सेवासुविधा नखोसिने र भविष्यका लागि अयोग्य पनि नठहरिने हुन्छ।’
 
संसदले महाअभियोग प्रस्ताव तामेलीमा राख्नसक्ने सम्भावना भने कम छ। तामेलीमा राखियो भने पनि त्यसैलाई आधार मानेर अदालतमा मुद्दा पर्न सक्ने ती सांसदले बताए। 
 
संसद नियमावलीअनुसार अदालत जान नमिल्ने भए पनि संविधानअनुसार अदालत जान मिल्ने व्यवस्था छ। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।