एमाले रणनीति: बिरोधमा नारा लगाउने, टेवल गर्न नरोक्ने

  • Get News Alerts

संविधान संशोधन प्रस्ताव

हिजोसम्म संविधान संशोधन प्रस्ताव कुनै हालतमा संसदमा टेवल हुन नसक्ने अडान लिएको प्रमुख प्रतीपक्षी दल एमालेले आज संशोधन विधेयक संसदमा पेश हुनबाट रोक्न कुनै प्रयास गरेन।

संशोधन प्रस्ताव बिरूद्ध उभिएर नाराबाजी त गर्‍यो तर रोक्न एक कदम पनि अघि बढेर प्रयास गरेन।

संविधान संशोधन विधेयक संसदमा पेश हुदै गर्दा प्रमुख प्रतीपक्षी नेकपा एमालेसहितका दलहरुले आफ्ना–आफ्ना स्थानबाट उठेर नाराबाजी गरेका थिए। तर कोहि पनि उठेर रोष्ट्रम घेर्न गएन, जबकि त्यो बिकल्प उनीहरुसँग उपलब्ध थियो।

संविधान संशोधन विधेयक पेश हुनुभन्दा पहिला स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन (कसुर तथा सजाय) सम्बन्धी विधेयक पेश भएको थियो।

निर्वाचन सम्बन्धी दुई विधेयक संसदमा पेश हुँदै गर्दा प्रमुख विपक्षी एमाले लगायतका दलहरुले पनि सहमति जनाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध परेको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउनका लागि पनि बिपक्षीहरुले सहमति जनाएका थिए। महाअभियोग प्रस्तावमाथीको छलफलका क्रममा बोल्ने सांसदहरुको नाम फिर्ता लिन एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सांसदहरुलाई निर्देशन दिएका थिए।

निर्वाचन सम्बन्धी विधेयक पेश गर्न रोष्ट्रममा पुगेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक रोष्ट्रमबाट तल नझरीकन रोष्ट्रममा नै बसेका थिए। संविधान संशोधन प्रस्तावमाथि विरोधका सूचना दर्ता गराएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान संशोधन विधेयक बिदेशीको इशारामा ल्याइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताएका थिए।

सुवालको प्रस्तावलाई बहुमतले अश्विकार गरेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको विरोधको प्रस्ताव पनि बहुमतले अश्वीकार गरेको थियो।

कसरी भयो संसोधन प्रस्ताव दर्ता?

जब सभामुख ओनसरी घर्तीले कानुनमन्त्रीलाई संविधान संशोधन विधेयक संसदमा पेश गर्ने अनुमती दिइन्, विपक्षी दलका सांसदहरुले नाराबाजी शुरु गरे।

नारबाजीकै बिचमा कानुन मन्त्री नायकले संसदमा विधेयक पेश गरेका थिए। बिरोधका बिचमा विधेयक पेश भएपछि बिपक्षी दलका सांसदहरु वेल घेर्न आउँन लाग्दा एमाले सांसद अग्नी खरेलले अगाडि नजान संकेत गरेको एक सांसदले सेतोपाटीलाई बताए।

‘हामीले नाराबाजी गर्दै वेल घेरेको भए सरकारले पेश गर्न सक्ने थिएन,’ ती सांसदले भने, ‘सरकारले विधेयक पेश गर्ने बिपक्षीले त्यसको बिरोध गर्दै अनौपचारिकता पूरा गर्ने सहमति भएको हुनसक्छ ।’

पारित नहुने संशोधन प्रस्ताव अघि बढाउनका लागि सांकेतिक रुपमा सहमति दिएको हुनसक्ने अर्का एक सांसदले सेतोपाटीलाई बताए। ‘प्रस्ताव दर्ता भए पनि पारित भने हुन सक्ने सम्भावनाका कारण अघि बढ्न दिएको होला,’ ती सांसदले भने।

विपक्षीले बिरोध गर्दे गर्ने र सरकारले त्यसलाई पेश गर्ने अनौपचारिक सहमति भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सेतोपाटीलाई बताए। ‘आगामी प्रक्रियाबारे पनि एमालेसँग छलफल गरेर अघि बढ्छौं,’ पौडेलले भने।

हेर्नुहोस् भिडियोमा

संशोधन टेवल भएपछि एमाले नेताको प्रतिक्रिया

संविधान विधेयक पेश भइसकेपछि आक्रोशित बनेका एमाले उपाध्यक्ष बामदेव गौतमले संसदीय अभ्यासका बिरुद्ध लाज्जासपद काम भएको प्रतिक्रिया दिए। ‘यो भन्दा निरंकुश शैली केही हुँदैन,’ गौतमले भने,‘हामी अरु जस्तो सांघातिक हमलामा उत्रिएनौं तर बिपक्षीको बिरोधका बिचमा पनि विधेयक पेश गरेर लोकतन्त्रकै अपमान भएको छ।’

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले अवरोधका बिचमा विधेयक पेश गरेर सरकारले आफैंलाई अफ्ठेरोमा पारेको बताए। बिपक्षीले अब छलफलका आधारमा आफ्नो रणनीति तय गर्ने ढकालले बताए। सरकारले संशोधन विधेयक टेबुल गर्न मात्रै दिनुहोस त्यसले निर्वाचनको वातावरण बन्छ भनेको भन्दै अब सरकारले के गर्छ त्यसका आधारमा आफूहरू अघी बढ्ने एमाले नेता अग्नि खरेलले सेतोपाटीलाई बताए।

सभामुख घर्तीले बिगतको रूलिङभन्दा फरक ढंगले काम गरेको उनले बताए। ‘संसदमा टेबुल गर्न मात्रै दिनुहोस् भनेर उहाँहरुले हामीलाई भन्नुभएको थियो। आज हाम्रो असहमतिका बिचमा पनि टेबुल भएको छ,’ उनले भने,‘अब सरकार कसरी प्रस्तुत हुन्छ त्यो अनुसार हामी अघि बढ्छौ।’

पारित गर्नकै लागि विधेयक ल्याएको होः कानुनमन्त्री

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन् । विधेयकका विषयमा छलफल गरेर अघि बढ्ने र यसलाई पारित गर्ने नायकले बताए ।

‘संविधान जारी गर्ने समयमा पनि यस्तै विरोध भएको थियो,’ नायकले भने, ‘प्रतिपक्षको बिरोध भन्दा राष्ट्रको आवश्यक्ता ठूलो हो ।’

संविधान संशोधन विधेयक पारित हुन एक महिना लाग्ने समेत उनले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।