सांसद खतिवडाको खल्तीमा अर्काको १४ लाख पर्ने घडी परेपछि...

  • Get News Alerts

लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनको हेल्थ क्लबमा बुधबार बिहान हल्लीखल्ली मच्चियो। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराएछ। उनले दरबारमार्ग प्रहरीमा गएर उजुरी गरे।

प्रहरीले अनुसन्धान सुरु गर्यो।

प्रहरी स्रोतअनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए। प्रहरीले अनुसन्धान निम्ति हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो। त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क गर्यो। ओखलढुंगाका निर्वाचित सांसद खतिवडा नियमित रूपमा र्‍याडिसन क्लब जाने गरेका थिए।

‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन र्‍याडिसन क्लब जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुपर्यो,’ दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गरे।

‘म त अहिले ओखलढुंगामा छु, फर्केर आएपछि आउँला,’ खतिवडाले जवाफ दिए।

दरबारमार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरे। उनले ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो।

त्यसको चार दिनपछि शनिबार खतिवडाले होटल र्‍याडिसनमा गएर घडी फिर्ता गरेको प्रहरीले जनाएको छ।

दरबारमार्ग प्रहरीले घडी हराएको सूचना दिन आफूलाई सम्पर्क गरेको खतिवडाले पुष्टि गरेका छन्।

‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’ खतिवडाले आइतबार सेतोपाटीसँग भने।

त्यस दिन आफू हतार–हतार क्लबबाट निस्किएकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन नसकेको खतिवडाको भनाइ छ।

‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लब जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ,’ उनले भने, ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ। शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ।’

आफ्नो खल्तीमा अर्काको घडी देखेपछि तुरुन्तै र्‍याडिसन होटलको क्लबमा भेट्ने साथी सीमान्त गुरुङलाई फोन गरेको उनले दाबी गरे। उनका अनुसार सीमान्तले नै प्रबलको घडी हराएको जानकारी दिएका थिए।

‘काठमाडौं फर्किनेबित्तिकै होटलको रिसेप्सनमा गएर घडी फिर्ता गरेँ,’ उनले भने।

घडी आफूले ‘चोरेको’ भन्ने हल्ला निराधार भएको दाबी गर्दै खतिवडाले आफूलाई फसाउन षड्यन्त्र भएको जिकिर गरे। ‘कसैले नियतवश मेरो खल्तीमा घडी राखिदिएको हो। मेरो चरित्रहत्या गर्ने काम भएको छ। यसबारे थप अनुसन्धान गर्न म प्रहरीसँग अनुरोध गर्छु,’ उनले भने।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।