प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेस सरकारमा आउँछ: नेपाल

  • Get News Alerts

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन्।  देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे।  
 
प्रेस चौतारी नेपाल सल्यान शाखाले मंगलवार बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताए। उनले भने,'राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ।' 
 
नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गरे। उनले भने,'देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ।' 
 
सरकारमा रहेको ठूलो दल एमाओवादीले मन्त्री फिर्ता बोलाउँदै छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता नेपालले भने,'यो सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउँछ, मैले पनि २२ दललाई मिलाएकै हो अहिलेको सरकारसँग पनि मिलाएर लैजान सक्ने क्षमता छ।' 
 
सरकारमा त सङ्घीयता विरोधी, राजावादी, गणतन्त्रवादी मिलेर खिचडी भएको छ गणतन्त्रको कार्यान्वयनमा समस्या हुँदैन भन्ने प्रश्नको जवाफमा नेता नेपालले सबैलाई मिलाएर लैजान सक्नु नै ठूलो कुरा भएकाले यसमा शङ्का नगर्न उनले आग्रह गरे। सस 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।