लोकमानको पक्षमा ओर्लिए दाहाल

  • Get News Alerts

दाहालले सर्वोच्चलाई भने– शंका र समाचारको भरमा लोकमानलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्नु नै गलत काठमाडौं, वैशाख ९- माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘पूर्वअनुमान, शंका र समाचारका भरमा पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्ने रिट परेको’ भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

कार्कीविरुद्ध चैत ७ गते परेको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै अध्यक्ष दाहालले पूर्व सरकारका राजनीतिक दलहरूले कार्कीलाई सम्मानपूर्वक सुविधा दिँदै आएको अवस्थामा शंका र पूर्वानुमानका आधारमा अख्तियार प्रमुख बनाउन हुन्न भन्ने तर्क ठिक नरहेको बताएका हुन् ।

कार्कीलाई अख्तियार प्रमुख बनाउन चार दलको उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई पठाउने बित्तिकै सर्वोच्चमा त्यस निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गरेका थिए ।

रिटको पहिलो सुनुवाइमै न्यायाधीश सुशीला कार्कीको एकल इजलासले कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, अख्तियार, दाहालसँग कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन नहुने विषयमा लिखित जवाफ माग गरेको थियो ।

त्यही मागअनुसार दाहालले सोमबार सर्वोच्चमा लिखित जवाफ पठाउँदै कार्कीविरुद्ध परेको रिट खारेज हुनुपर्ने बताएका हुन् ।

‘पूर्व सरकारका राजनीतिक दलहरूले नै कुनै कारबाही नगरी सम्मानपूर्वक सुविधा दिइरहेको र जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभइरहेको अवस्थामा नयाँ राजनीतिक दलहरूलाई सबै कुराको फेहरिस्त प्राप्त हुनु पर्दैन,’ लिखित जवाफमा भनिएको छ, ‘संवैधानिक परिषद्ले नियुक्त गरिसकेको अवस्थामा पनि कहीँबाट कानुन बमोजिम दोषी भए बदर हुने हुँदा पूर्वअनुमान शंका र समाचारको भरमा आएको रिट निवेदन वर्तमान अवस्थामा बदरभागी छ ।’

कार्की जनआन्दोलनका दमनकर्ता एवं अख्तियारले समेत सरकारी सेवामा अयोग्य ठहर गरेको व्यक्ति भएकाले उनलाई नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । अख्तियार स्वयंले कार्की प्रमुख बन्न अयोग्य भन्दै चैत २२ गते सर्वोच्चमा लिखित जवाफ पठाएको थियो ।

दाहालले मुकुन्द न्यौपानेको वारेसनामामा सोमबार लिखित जवाफ पठाएका हुन् । यसअघि कार्कीको मुद्दा पेसीमा चढे पनि बहस हुन भ्याएको थिएन । मंगलबार सर्वोच्चमा दुवै पक्षको बहसका लागि पेसी तोकिएको छ । यो बहसपछि कार्की अख्तियार प्रमुखको निम्ति योग्य हुने कि नहुने निर्णय आउनेछ ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।