राजीनामाले उज्यालियो दाहालको छवि

  • Get News Alerts

२०६६ वैशाख २१ गते प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दा पुष्पकमल दाहालले संसदीय व्यवस्थालाई भव्य गाली गर्नुभएको थियो। उनले त्यसरी नै गाली गरेका थिए जसरी उहाँ र उहाँको पार्टीले सशस्त्र विद्रोहताका गाली गथ्र्यो। त्यो दिन दाहालले गठबन्धनका दल, प्रतिपक्षी दलमाथि अचाक्ली तितो पोख्नु भएको थियो।

कार्यभार सम्हालेको करिब नौ महिनामा राजीनामा दिएका दाहालको अनुहारमा त्यो बेला तेजोबध थियो। ग्लानी थियो। आक्रोश थियो। पराजित हुनु पर्दाका क्लेषहरु उहाँको अनुहारमा कहीँकतै त्यसपछि पनि बचेको थियो।

यो बीचमा उहाँको नेतृत्वको पार्टी निकै चिरा पर्यो। केही चिरा फेरि जोडिए। नेकपा माओवादी, माओवादी केन्द्रमा बदलियो। उहाँकै पार्टीको नेतृत्व गर्दै तत्कालिन सहकर्मी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभयो। फेरि सरकारमा गएर माओवादीले उल्लेख्य उपलब्धि हासिल गर्न सकेन।

गठबन्धन सरकारहरु परिवर्तन हुँदै गए। पछिल्लो चोटी पुष्पकमल दाहाललाई फेरि सरकारको नेतृत्व गर्ने मौका जुर्यो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल संसदको पहिलो दल नेपाली कांग्रेससँगको गठबन्धनमा १० महिनाअघि निर्माण भएको सरकारको प्रधानमन्त्री निर्वाचित हुनुभयो। प्रधानमन्त्री निर्वाचित भएलगत्तैको सम्बोधनमा उहाँले भन्नु भएको थियो–यो गठबन्धनको सरकार हो। नौ महिना माओवादीले सरकार चलाउँछ त्यसपछि काँग्रेसले। माओवादी र काँग्रेसबीच यसका लागि भद्र सहमति भएको छ।’

त्यतिबेला धेरैलाई लागेको थियो–यस्ता भद्र सहमति दलहरुले जति चोटी गरेका छन् ती सबै तोडेका छन्।

नजिर खोज्न टाढा जानै पर्दैन थियो। दाहाल प्रधानमन्त्री हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। ओली र दाहालबीच भएको भनिएको भद्र सहमति एमालेले पालना नगरेको भनेरै माओवादीले सरकारबाट एमालेको साथ छाडेको थियो।

त्यसैले पनि दाहालले प्रधानमन्त्री हुनेबित्तिक्कै भन्नु भएको भद्र सहमतिले नौ महिनापछि फेरि अर्को बबण्डर झिक्छ भन्ने धेरैको आँकलन थियो। बोलिएका लेखिएका कुराहरु दल र नेताहरुले पालना पनि गर्छन् र! यो कुराले आम मानिसमा घर गरेका बेला ती आंशकाहरुलाई पुष्पकमल दाहालले हिजो चिरीदिनु भएको छ प्रधानमन्त्री पदबाट राजीनामा दिएर। उहाँले हिजो सिंहदरबारबाट राजीनामा घोषणा गर्ने क्रममा भन्नुभयो–इमानको राजनीति पनि बाँकी छ भन्ने प्रमाण हो मेरो राजीनामा।

यसो भनेर देशको सबैभन्दा ठूलो कार्यकारी पद त्याग्दै गर्दा उहाँको अनुहारको तेज बढेको देखिन्थ्यो। पद छाड्नु पर्दाको पीर उहाँको मुस्कानमा कहींकतै झल्किएन। उहाँले कसैलाई गाली गर्नु भएन। नेपालको राजनीति अस्थिर छ। घात प्रतिघातले पिरोलिएको छ। छिमेकी देशको चलखेलले थिलथिलएको छ। यस्तो बेला दाहालको यत्ति कदमले प्रमाणित गरेको छ–बचनको लाज मात्र राख्ने होइन बचनको सम्मान गर्ने परिपाटी पनि नेपाली राजनीतिमा अझै छ।

स्थानीय तहको पहिलो चरणको मत परिणाममा जसको जित भए पनि आफ्नै जित भएको भन्दै गर्दा दाहालको आवाज मनकै थियो भन्ने लागेको छ। उहाँको राजीनामाको प्रशंसा र आलोचना बराबरी हुँदैछ जुन अस्वाभाविक होइन। यदि दाहालले राजीनामा दिनु भएको थिएन भने पनि उहाँको आलोचना हुन्थ्यो नै। आइजिपी प्रकरण, प्रधानन्यायाधीशमाथि महाभियोग लगायत यो सरकारले गर्नु नहुने काममा सूचीकृत भएका छन्। जसलाई दाहालको राजीनामासँग जोडेर आलोचना गरिदैंछ । नेपालको हरेक राजनीतिक परिवर्तनमा जोडिने भारतलाई उहाँको राजीनामा पनि कतिले जोडेका छन्। तर लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

भद्र सहमति अनुसार अब प्रधानमन्त्री बन्ने पालो गठबन्धन सरकारमा सम्मिलित दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हो।

यतिबेला स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत गणना अन्तिम चरणमा छ। दोस्रो चरणको निर्वाचन जेठ ३१ मा तोकिएको छ। दिन गन्ने हो भने अबको २० दिनपछि दोस्रो चरणको निर्वाचन हुनेछ। निर्वाचन आयोगले निर्वाचनको कामकारबाही निक्कै अगाडि बढाइसकेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा दोश्रो चरणको चुनाव सार्ने खेल हो भनेर आरोप लाएको छ । त्यसैले अब यो २० दिनमा सरकारको बागडोर सम्हाल्ने ध्येयमा नलागेर शेरबहादुर देउवाले कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल मातहतबाटै दोश्रो चरणको चुनाव सम्पन्न गराउन पहल गर्नुपर्छ। दोश्रो चरणको चुनाव गर्न मिलाउनु पर्ने मूल मुद्दामा मधेश छ। यो चुनाव सार्नु भनेको अघि बढी सकेको नयाँ संविधान कार्यान्वयनको पाइलामा भाँजो हाल्नु हो। त्यसैले काँग्रेस सभापति देउवाले अलिकति मन फराकिलो पार्नु पर्छ। दोश्रो चरणको चुनाव सक्नेबित्तिकै सत्ता सम्हाले हुन्छ। यति गरे मुलुक एउटा निकासको बाटोमा हिंड्छ। र अघिल्ला पटक प्रधानमन्त्री बन्दा आफूमाथि लागेका दागहरु धुने देउवालाई यो राम्रो मौका पनि हो। अब त उहाँलाई दाहालले भद्र सहमतिको उल्लघंन गर्लान् भन्ने डर पनि त छैन।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink