मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

  • Get News Alerts

लामो अवधिपछि नेपाली जनताले आफ्नो स्थानीय प्रतिनिधी छनौट गर्ने अवसर प्राप्त भएको छ। २०५४ सालको स्थानीय चुनावपछि गठन भएका स्थानीय निकाय र जनप्रतिनिधीले आप्mनो स्थान विषेश आवश्यक स्थानीय विकासका कुराहरु सोचेका र थालेका हुन्। त्यस अवधिमा केही महत्वपूर्ण काम जस्तो गाउँगाउँमा बाटाहरु खन्ने, कलबर्ट, पुल पुलेसाहरु निर्माण गर्ने, गा.वि.स. र नगरपालिकाका कार्यालय बनाउने, विद्यालय खोल्ने कामहरु भएको कुरा कसैबाट छिपेको छैन।

जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

केही इमान्दार समाजको सुधारको लागि व्यक्तिगत इच्छा समेत मार्न सक्ने कर्मचारी पनि छन्। प्रणाली नबसेको अवस्थामा राम्रो अनुकुल स्थान पाउनको लागि भनसुन र चाकारी गर्ने, नैतिकता विरुद्धका कार्य गरेर पैसा कमाउने र त्यही पैसा खर्च गरेर फेरि राम्रा भनिने स्थानमा सरुवा हुने, केही गर्न चाहने कर्मचारी पनि स्थान विशेषका समस्या र समाधनका उपाय बुभ्mन नपाउदै अर्को स्थानमा सरुवा हुने, पहुँच नभएका र इमान्दर र स्वाभिमानी कर्मचारीले विकास निर्माणमा भूमिका हुने कार्यालय वा पद नपाउने कारणले पनि कर्मचारीबाट विकास निर्माण सम्भव थिएन। गर्न चाहने कर्मचारीले पनि जन प्रतिनिधिको अभावमा चुनौतिपूर्ण कार्य गर्न सम्भव भएन। धेरै गाविसले लामो अवधिसम्म गाविस सचिव समेत पाएनन्। एकै गाविस सचिवले दुई तीनवटा गाउँ विकास समतिको जिम्मा लिनु पर्ने बाध्यता पनि भयो। भएका गाविस सचिव पनि धेरै आप्mनो गाउँ विकास समितिको क्षेत्रमा भन्दा सदरमुकाममा बसे।

जिल्ला सदरमुकाममा रहको जिल्ला प्रशासन र जिल्ला विकास समतिको नजिकमा डेरा संयुक्त डेरामा बस्ने वा सम्पर्क कार्यालय खोली नागरिकताको लागि र अन्य सरकारी कामको लागि सिफारिस गर्ने र जिल्ला विकास समितिको कार्यालयमा हुने मासिक बैठकमा उपस्थित हुने गरेको पनि देखियो। विकटमा गाउँ विकास समितिलाई छुट्टाएको बजेट लिने र उक्त गाउँ विकास समितिका केही टाठाबाठासँग भागबण्डा गरेर रकम खर्च गर्ने गरेको पनि पाइयो। विकासको लागि छुट्टाएको दुई चार प्रतिशत पनि सम्बन्धित कार्यमा खर्च नभएको पनि पाइयो। जनता प्रति उत्तरदायी, वचनवद्ध जनप्रतिनिधि नहुँदा विकास निर्माणका कार्य हुन पाएनन् विकास हुने सम्भावना नै रहेन।

केन्द्रबाट दिइएका बजेट केन्द्रमुखी नै भए। विकास निर्माणका योजना छनौट गर्दा पनि के कस्तो विकासको योजना तथा कार्यक्रमले आप्mनो राजनीतिलाई फाइदा पुग्दछ भन्ने किसिमबाट सोचियो। अधिकांश विकास निर्माणका योजनाहरु योजनामा मात्र सीमित भए। स्थानीय दुरदर्शी नेतृत्व विकास हुन पाएन। दलका स्थानीय कार्यकता पनि केन्द्रमुखी नै भए। गाउँ ठाउँमा जनताको मन जित्न, स्थानीय समस्या समाधान गर्न लाग्नुको सट्टामा केन्द्रमा धाउने केन्द्रका नेताको वरिपरी घुम्ने, आफ्नो दलको सरकार हुँदा सिंहदरवार वरिपरी घुम्ने प्रवृत्ति बढ्यो। जनताको विश्वास लिन नपर्ने भएपछि स्थानीय समुदायसँग भिज्नु पर्ने, स्थानीय जनताका स्थानीय समस्या समाधन गर्नतर्फ लाग्नु पर्ने पनि भएन।

अब लामो अवधि स्थानीय स्तरमा जन प्रतिनिधि नपाएको अवस्थामा हुन गइरहेको स्थानीय तहको निर्वाचनको आफंैमा निकै महत्व छ। यो निर्वाचन २०७२ मा आएको नेपालको संविधान पछिको पहिलो निर्वाचन हो। संविधानले गरेको स्थानीय सरकारको पहिलो पटक निर्माण हुँदैछ। यस निर्वाचनले निर्वाचित गरेका जनप्रतिनिधिहरुले स्थानीय सरकारको जग बसाउने कार्य गर्ने छन्। यस निर्वाचन पछिको अवधिमा दीर्घकालीन प्रभाव पर्ने कर्मचारी नियुक्ति गर्ने, नीति, ऐन नियम निर्माण गर्ने, स्थानीय निकायको नामाकरणमा संशोधन गर्ने, करलगाउने जस्ता निर्णयहरु गर्ने छन्। यो नयाँ प्रणालीको सुरुवात गर्ने अवसर पनि हो। संविधानले व्यवस्था गरेका स्थानीय तहका अधिकारको प्रयोग गर्ने कार्य पनि यसै निर्वाचनबाट निर्बाचित जनप्रतिनिधीले गर्नेछन्।

स्थानीय तहको यो निर्वाचन संघीय व्यवस्थापिका तथा प्रतिनिधि सभाको निर्वाचनभन्दा पनि महत्वपूर्ण छ। यसै निर्वाचनबाट निर्वाचित गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख जिल्ला सभाका सदस्य हुने छन् भने राष्ट्रिय सभाको निर्वाचनको लागि मतदाता समेत हुने छन्। यस निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको इमान्दारिता, लगनशीलता र क्षमताले सम्बन्धित स्थानीय तहको मात्र होइन देशकै विकासमा ठूलो प्रभाव पार्नेछ। अबको समयमा स्थानीय सरकारबीचमा धेरै विविधता हुन पनि सक्नेछ। स्थानीय सरकार सक्षम भएमा छिटै आप्mनो क्षेत्रलाई अन्य स्थानभन्दा विकास निर्माणमा अगाडि लैजान सक्ने सम्भावना छ भने कमजोर स्थानीय सरकार भएमा त्यस्तो गाउँपालिका वा नगरपालिका अन्यभन्दा पछाडि पर्ने छ।

अबको गाउँपालिका र नगरपालिकाहरुको विकास निर्वाचितहुने जनप्रतिनिधिको क्षमता दक्षता र इमान्दारितामा भर पर्नेछ। अतः आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा मतदाताले दलगत स्वार्थभन्दा पनि माथि उठेर स्थानीय समस्या बुझेको, सबैको साझा हुन सक्ने, दुरदृष्टि भएको, व्यक्तिगत स्वार्थभन्दा समुदायको स्वार्थका लागि लाग्ने इमान्दार नेता छान्नु पर्ने हुन्छ।

दलहरुले पनि देशको विकास गर्न चाहेका हुन् भने गुटगत स्वार्थभन्दा माथि उठेर इमान्दार, दुरदृष्टि भएको, सक्षम कार्यकर्तालाई निर्वाचनमा उमेदवार बनउनु पर्नेछ। भनसुन, चाकडीमा धाएको, आप्mनो गुटको नजिक भएको, आप्mनो नातापाता भित्र पर्ने, चुनावमा बढी रकम खर्च गर्न सक्ने जस्ता आधारमा भन्दा पनि को कति इमान्दार छ, समाजको लागि खट्न सक्दछ र कसले समुदाय परिचालन गर्न सक्दछ र स्थानीय तहको नेतृत्व गर्न सक्षम छ त्यस्ता कार्यकर्तालाई टिकट दिनु आवश्यक हुनेछ। स्थानीय तहमा सक्षम र इमान्दार जनप्रतिनिधि निर्वाचित भएमा गाउँ गाउँबाट र नगर नगरबाट विकासको लहर आउने छ, स्थानीय तह बीचमा प्रतिस्पर्धा हुनेछ र पाँच वर्षमा पनि देशले विकासमा फड्को मार्न सफल हुनेछ।

 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा