छोराछोरी बिग्रिए तेरा, सप्रिए मेरा

  • Get News Alerts

हामीलाई सानैदेखि सिकाइएको हुन्छ आफूभन्दा ठूलालाई तपाईं हजुर भन्नु पर्छ अनि आफूभन्दा सानालाई तँ तिमी। त्यसैअनुसार हामी अभ्यस्त हुदै जान्छौं हामी हाम्रो बाल्यकालदेखि नै। पुरुष प्रधान समाज भएकाले नै होला हामीकहाँ श्रीमतीलाई तिमी भनेर सम्बोधन गर्ने अनि श्रीमानलाई तपाईं हजुर। त्यति मात्र होइन श्रीमानले लात हान्न हुने अनि जुठो भात टाउकोबाट खन्याईदिन हुने तर श्रीमतीले त्यसको विरोध गर्न पनि नहुने।

मैले केही वर्ष पहिला आफन्तकोमा आफ्नै आँखाले देखेको कुरो हो यो। सहीलाई सही र गलतलाई गलत भन्न पाउने सबैको जन्मसिद्द अधिकार हो तर हाम्रो समाजमा पुरुषले जे बोले पनि हुने जे गरे पनि हुने अनि महिलाले गर्दै नगरेको गल्ती पनि गलत हुन्छ। त्यतिमात्र नभएर गर्दै नगरेको गल्तीको सजाय दिइन्छ नारीलाई। सजाय दिनेमा पुरुष र नारी दुबै पात्र हुन्छन् या पुरुष पात्र मात्र।

घरमा छोरो ढिलो घर आयो भनेर बुहारीले विरोध गरिन् भने सासू बुहारीको पक्ष लिएर बोलेको विरलै देखिन्छ। त्यतिमात्र नभएर लोग्ने मान्छे जतिबेला घर फर्कदा पनि हुन्छ, जे गरे पनि हुन्छ भनेर छोराको गल्तीलाई नै प्रोत्साहन दिने गरिन्छ। केटीमान्छे भएर अबेरसम्म बहिर बस्नु हुन्न भनेर छोरीलाई सिकाउने हाम्रो समाजले अबेरसम्म बाहिर बस्नुहुदैन भनेर छोरालाई सिकाएको कहीँ पाइँदैन। घरको राम्रो कोठा छोरालाई, खाना खान बस्दा सजिलो बस्ने ठाउँ छोरालाई, दुध र घिउको मात्रा पनि धेरै छोरालाई नै। घरबाटै शुरु हुन्छ विभेद प्रत्येक कुरामा।

आजको महँगीको जमानामा श्रीमान श्रीमती दुवैजनाले काम नगरी खर्च धान्नै नसक्ने अवस्था छ। त्यसमाथि काठमाडौंको अस्तव्यस्त जिन्दगी सम्हाल्न त्यति सजिलो छैन। फलतः दुवै जनाले वाहिर काम गर्नुपर्ने हुन्छ। दशदेखि पाँच दुवैले आफ्नो आफ्नो काम गरेकै हुन्छन्। तर कार्यालय समय पहिले र कार्यालय समयभन्दा पछि नि? श्रीमती विहान ४ बजे नै उठेर सरसफाई, भातभान्छा, छोराछोरीको स्कूलको तयारीमा लाग्छिन् भने श्रीमानजी ‍औछ्यानमा लम्पसार परिरहेका हुन्छन् अबेरसम्म। अझ श्रीमतीले वेड टी बनाएर लगेर बोलाउँदासम्म पनि उनिहरुलाई उठ्न गाह्रो हुन्छ। यस्तो लाग्छ की चिया पिईदिएर श्रीमतीमाथि उनिहरुले कुनै कृपा गरिरहेका छन्। एउटै समयमा अफिस जाने र घर फर्कने उनीहरु घरको कामको जिम्मा चाहिँ श्रीमतीको टाउकोमा मात्र थोपर्छन्। यस्तरी की उनी कुनै निर्जिव मेशिन हुन् अनि उनलाई न भोक प्यास लाग्छ न त थकाई नै। त्यति मात्र नभएर कुनै दिन खाना नमिठो भयो अथवा तरकारीमा नुन चर्को भयो भने भातको थाल नै उचालेर फालिदिन र तथानाम गाली गर्न पनि कत्ति बेर लाग्दैन उनिहरुलाई।

यसको मतलब सबै पुरुषहरु यस्तै हुन्छन् भनिएको होइन तर पनि हाम्रो वरिपरि, छरछिमेक सबैतिर यस्ता घटना वग्रेल्ती भेटिन्छन्, प्रशस्तै देखिन्छन्। श्रीमतीले जस्तो सुकै परिस्थितिमा पनि श्रीमानलाई मैले तँ भनेको सुनेको छैन तर श्रीमान तिमीबाट तँ मा झर्न कत्ति पनि बेर लगाउदैनन्। त्यति मात्र नभएर चुल्ठै समातेर ढुन्मुन्याईदिन र अगाडि जे भेटिन्छ त्यही बस्तुले हान्न बेर लगाउदैनन्। एउटा सानो घटना उल्लेख गरिहालौं।  एकजना महिलाले आफ्नो बच्चालाई नजिकैको पसलवाट दुईवटा अण्डा लिएर आउन पठाइन्। बच्चाले ल्याउदै गर्दा अण्डा फुट्न पुग्छ। अनि श्रीमानको प्रतिकृया स्वरुप दुबै फुटेका अण्डा श्रीमतीको टाउकोमा बज्रिन पुग्छ। यस्तो छ हाम्रो समाज। एक अवोध बालकले गरेको सानो गल्तीको सजाय पनि महिलालाई नै दिईन्छ। छोरा छोरी बिग्रिए भने तेरो छोरा छोरी अनि सप्रिए भने मेरा छोराछोरी वास्तविकता यही हो। यी त केही प्रतिनिधि घटना मात्र हुन हाम्रो समाजको। यस्ता अरू थुप्रै घटना हुन्छन्।

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink