हामी मधेसीबाट कहिले नेपाली हुने?

  • Get News Alerts

‘ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’,

यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानपुरको रातोमाटीमा ट्राफिक पोष्ट नजिकसम्म पुगेको थिएँ।

केही दिन अगाडि आर्थिक राजधानीको रुपमा चिनिने शहर वीरगंजबाट नेपालको राजधानी तर्फ रात्री यात्राको दौरान मैले महसुस गरेको एक भाव यहाँहरु माझ आदान प्रदान गर्न मन लागेको छु।

वीरगंजबाट हिँडेको भर्खर एक देखि डेढ घण्टा जति भएको होला, म त्यहाँ सम्म पुगेको । बेलुका आठ बजे हिडेको गाडी रातोमाटी पुग्दाँ साढे नौ बजेको थियो, जब म त्यो जाचँ गर्ने सुरक्षाकर्मीले बस भित्र मुखमा बत्ती बालेर सबलाई उठी झोलाहरु चेक गराउनु होस भन्नु भयो । 

यात्रीहरु एक–एक गरी आफनो झोलाहरु चेक गराउँदै गए, सबको झोलाहरु त्यो सुरक्षाकर्मीले खोली–खोली चेक गरे र सकेपछि गाडीबाट तल झरे । खई वहाँको मनमा एककासी के आयो होला, एक पटक फेरी बस भित्र जाड पड्ताल गर्न थाले र बसको डिकी खोलाई सबले आफनो सामान चेक गराउन अलि ठूलो स्वरमै भने, यात्रीहरु उनको आदेशको पालना गर्दै तल झरी डिकीमा भएका झोलाहरु जचाउँन थाले । मैले पनि शुरुको बेलामा आफ्नो झोला जचाँए र डिकीमा कुनै झोला नभएको कारण बसको बाहिर छेउमा उभि उक्त दृश्य नियाल्दै थिए ।

लगभग पाँच देखि दश मिनेटसम्म त्यो सुरक्षाकर्मीले सबको झोलाहरु डिकीबाट झिकाउँदै जाँच गर्दै थिए। अचम्मको कुरा के थियो भने सो अवधि दौरान अरु पनि रात्री बसहरु पछाडि लाईनमा थिए, सबको जाँच पडताल गर्दा लगभग एक मिनेट भन्दा पनि कम लागि रहेको थियो तर हाम्रो गाडीलाई मात्र किन यति लामो समय लिएको होला? भन्ने विषयमा मनमा उत्सुकता भई रहेको थियो । 

जे भए पनि लगभग पाँच देखि दश मिनेट पछिको समयमा हामीलाई त्यहाँबाट अगाडि बढ्न सुरक्षाकर्मीले आदेश दिए।

बसको गुरुजी पनि जाँच गर्न कति लामो समय लिएको भन्दै मनमनै भुन्भुनाउँदै थिए। त्यो मिति सम्म, म राजधानी तर्फ शायद अनेकौ पटक यात्रा गरी सकेको थिएँ र हरेक पटक त्यो ठाउँमा जाचँको लागि गाडी रोकिएको पनि थियो, त्यो बेलाको गाडी रोकाइ अरु दिनको भन्दा अलि धेरै लामो र फरक किसिमले थियो।

मनमा किन यस्तो गरे होला भन्ने विषयमा अनेक कुराहरु खेल्न थाल्यो । मैले गाडीमा यात्रा गरि रहनु भएका यात्रीहरुको मुहार हेरेँ, सबजना मधेसी समुदाय र अलि कालो अनुहार भएका थिए र उनीहरुको लगाई पनि अलि भिन्न किसिमको थियो, यानिकी हाम्रो समुदायमा भनिने पहाडिया जस्तो नभई मधेसी जस्तो थियो।

 जबकी हाम्रो गाडी सँग सँगै अरु गाडिहरुको चेकजाँचको क्रममा पहाडी समुदायका यात्रीहरू चढेकैले ढिलो भएको थिएन।

हाम्रो गाडी जाँच गर्ने सुरक्षाकर्मी पनि पहाडी मुलका थिए। मनमा कता कता आयो कि शायद म चढेको गाडीमा सब मधेसी अनुहार भएर होला, उनले हामी सँग त्यसतो व्यवहार देखाएको होलान्।

नेपालमा विगतका वर्षमा भएको मधेस आन्दोलनले अनेक थरीको राम्रो र नराम्रो परिवर्तन ल्याएको छ । राम्रो पक्षमा भन्नु पर्दा यसले मधेसवासीहरुको मागलाई सम्बोधन गर्न थालेको छ भने नराम्रो पक्षमा भन्नु पर्दा यसलाई सम्बोधन मात्र गरेको पाईन्छ, कार्यावन्यनमा होईन र अहिले पनि मधेसीहरु प्रतिको हेराई पहिला जतिको नै पाईन्छ ।

रातभरिको यात्रा पछि, बिहान चार बजे गाडीले जब हामीलाई कलंकी झार्यो, त्यहाँको चिसोपनाले गर्दा तँ अघिकै घटना राम्रो थियो भन्ने लाग्यो। शायद भर्खर तराईबाट पहाडमा चढेकोले गर्दा चिसो लागेको । कुनै पनि सार्वजनिक यात्राको सुविधा त्यति बिहान नभएको कारण म लगायत मसँग वीरगंजबाट आउनु भएका यात्रीहरु सडक पारी उभि सवारी साधनको प्रतिक्षा गर्न थाल्यौं।

लगभग बीस मिनेट जति भयो होला हामीलाई सवारीको प्रतिक्षा गरेको तर कुनै पनि गाडी आएनन्। मैले ट्याक्सीमा जान निर्णय गरेँ र एउटा ट्याक्सीलाई बोलाए।

“सुन्धारा जानु हुन्छ?” भनेर मैले सोधे र ट्याक्सी ड्राईभरको उत्तर सुने- “कितना पैसा देगा?” भनेर प्रश्न भित्र बसेको ड्राईभरले गर्‍यो ।

उस्ले यसरी प्रश्न गरेको सुन्दा, म एकछिन अक्क न बक्क भएँ। मैले बोलेको नेपाली उसलाई मन नपरेको हो कि, नबुझेको हो कि वा म तराईबाट मधेस अनुहार भएको पहाडमा आएको “यसले नेपाली के बोल्न सक्छ” भनेर उसले त्यसरी प्रश्न गर्यो?

म उसको उत्तरमा बोल्न लागेकै थिएँ। त्यहाँबाट गाडी दौडायो। समय नबित्दै एउटा माइक्रो “कालिमाटी, सुन्धारा” भन्दै आयो । हामी सब, जति जना अट्न सक्थ्यो बस्यौ। गाडी कालिमाटी र सुन्धारा तर्फको लागि हिड्यो । एक तँ हेटौडाको रातोमाटीमा भएको घटनाको कारण्म मनको रिस शान्त भएको थिएन, अर्को तर्फ राजधानीको त्यो ट्याक्सी ड्राईभरले सोधेको प्रश्नले “म नेपाली हुँ कि को हुँ?” भन्ने विषयमा सोच्न बाध्य बनायो।

यो माइक्रोको खलासी भाईले पनि कस्तो व्यवहार देखाउने हो भनि सोचीरहेको थिएँ। यात्रामा केही यात्रीहरु कालिमटी झरे, केही, टेकु, केही त्रिपुरेश्वर। अन्त्यमा सुन्धारा आउन बाँकी थियो।

“सुन्धारा, झर्ने कोही हुनुहुन्छ, अगाडि आउनुहोस्” भनेर खलासी भाईले भन्दै थियो । सुन्धारामा माईक्रो रोक्यो, मनमा यो खलासी भाईले के भनेर आफ्नो भाडा लिन्छ भनेर मनमा कुरो आउँदै थियो । माईक्रोबाट तल झरे पछि “भाई, कति भाडा भयो?” भनेर मैले सोधे ।

त्यो भाई “हजुर, कताबाट चढ्नु भएको हो ?” भन्दै प्रश्न गर्‍यो ।

मैले उसको प्रश्नको जवाफमा विस्तारै नम्र साथ, कंलकी भने र पचासको नोट दिए ।

उसले “दाई, फिर्ता पैसा लिनुहोस” भन्दै तीस रुपैयाँ दियो र माईक्रोमा चढदै “रत्नपार्क, रत्नपार्क” भन्दै माईक्रो गाडीको ढोकामा ढपढपाउँदै हिड्यो।

म पनि गन्तव्य तर्फ हिडेँ ।मनमनै त्यो खलासी भाईले गरेको व्यवहारले मानिसको यदि सोच राम्रो छ भने उसले सबलाई एकनास अर्थात नेपाली भए पछि नेपालीलाई, नेपाली सम्झेर नै व्यवहार गर्दो रहेछ भन्ने कुराको आभास भयो र अहिले पनि यो जातीय अर्थात मधेसी–पहाडीको बिचको भावनालाई हामी सब मिलि हटाउन सके देश पूर्ण रुपमा विकाश हुन शायद एक दशक समयको अवधि पनि धेरै हुनेथियो होला।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट