कति फरक किसिमको आन्दोलन

  • Get News Alerts

नेपालमा अहिले सीमांकनको विषयलाई लिएर आन्दोलन  चलिरहेको छ। यता कोरियामा राष्ट्रपतिको राजीनामा माग्दै २३ लाख मान्छे सडकमा आन्दोलन गरिरहेका छन्।

तर, कोरियामा आन्दोलन नितान्त फरक तरिकाले हुँदोरहेछ। यहाँ मान्छे सडकमा उत्रन शनिबार र आइतबार कुर्दा रहेछन् किनभने त्यो दिन सबैको बिदा हुन्छ। अरू बेला सबै जना आफ्नो काम धन्दामा ब्यस्त हुन्छन्। यहाँ आन्दोलनको नाममा कसैको हक अधिकार हनन् हुदो रहेनछ।

आन्दोलनको नाममा कुनै कल कारखाना संघ संस्था बन्द गर्ने परिपाटी हुँदोरहेनछ। यसरी चलिरहेको काम बन्द गरिदाँ अरूको हक अधिकार हनन तथा देशलाई ठूलो आर्थिक भार पर्न जाने  मानसिकता आन्दोलनकारीमा हुँदो रहेछ।

उनीहरुले देश विकासको लागि उचित नेतृत्व राम्रो भएन भनेर आन्दोलन गरेका हुन्। ढुंगा मुडा बन्द हडताल  गरिदाँ अरुको अधिकार त हनन् हुने हुने देश समेत पछि पर्न जाने हुँदा यो देशको लागि आन्दोल्न नहुने  तर्क आन्दोलनकारीमा हुँदोरहेछ।

२३ लाख मान्छे सडकमा उत्रेर आन्दोलन गरि फर्कदा सडकमा कहि कतै फोहोर देखिदैन। सबभन्न्दा  गजबको पक्ष  भनेको सडकमा आन्दोलन गरिदाँ प्राय साँझको समय शनिबार बेलुका भोलि आइतबार बिदा पर्ने गरि गरिदो रहेछ, यसो गरिँदा  दिउँसो  सडकमा चल्ने सवारी साधन  कुनै अवरोध नहुने भएकाले  आन्दोलनको नाममा सडक बन्द  गर्ने परिपाटी छैन।

बेलुका भएपछि सबैजना आ आफ्नो काम धन्दा सकि हातमा मैन बत्ति बालेर  २३ लाख मान्छे सडकमा उत्रदा साच्चै नै रौनक  देखिन्छ।

यति खेर मलाई नेपालमा सडकबन्द गरी मान्छेनै तर्साउने गरी आतंक  सिर्जना  हुने गरि हातमा राँको लिएर कुद्दै गरेको राँके जुलुसको याद आउँछ। वातावरण  नै खलबलिने गरि कालो  मुस्लो उठ्ने  बिच  बाटोमा  बालेको टायरको याद आउँछ, सार्वजनिक सम्पतिको तोडफोड गरी  ढुङ्गा  मुडा गरेको याद आउँछ अनि सम्झन्छु नेपालमा शान्तिपूर्ण आन्दोलन  भएको  समाचारलाई,  शान्तिपूर्ण आन्दोलन भनेको प्रहरीको कुटाई  नखाइ कोही घाईते नभएको आवस्थालाई भनिदो रहेछ।

देशको आर्थिक पक्ष असर नपर्नेदेखि मानिसको हक अधिकार  नहुनेसम्मको ख्याल गरी गरिने आन्दोलन  पो शान्तिपूर्ण आन्दोलन, ढुङ्गा  मुडा नगरी सवारी साधन अवरोध नगरी गरिने आन्दोलन पो  शान्तिपूर्ण आन्दोलन। 

नेपालमा पनि विभिन्न विषयलाई लिएर विभिन्न समयमा आन्दोलन हुँदै आएका छन्। कुनै जायज माग होला कुनै जायज माग नहोला आफ्नो ठाँउमा छन्। आफ्नो हक अधिकारको लागि  कुनै ठाँउमा भेला भएर शान्तिपूर्ण माग राख्न पाउनु मौलिक अधिकार  हो। तर, आन्दोलनको नाममा अरुको हक आधिकारको ख्याल नगरी  देशलाई आर्थिक व्यय पर्ने गरि उद्योग धन्दा शैक्षिक  संस्था  सवारी साधन  ठप्प पारी गरिने आन्दोलन शान्तिपूर्ण हुन सक्दैन, देशको हितमा हुन सक्दैन।

माग पूरा गर्ने  भन्दैमा सडकमा  मान्छे जम्मा हुँदा आन्दोलनलाई कसरी ब्यवस्थापन  गर्ने, कुन बेला गर्ने के गर्दा देशलाई  आर्थिक ब्यय पर्दैन, कसरी अरुको हक अधिकार सुरक्षित गर्न सकिन्छ?

कपिल्बस्तु ,हाल दक्षिण  कोरिया

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट