विप्लव कमरेडलाई खुल्लापत्र!

  • Get News Alerts

कमरेड !नेपाल बन्द र चक्काजाम गर्दै जनतालाई दु:ख दिएर जनजनका अगाडि नायक बन्ने दिन अब होइन!

-केशव प्रसाद पाण्डे

प्रिय कमरेड ,विप्लव

क्रान्तिकारी लाल अभिवादन !

कमरेड! तपाईंलाई यो पत्र लेख्नु मेरो कुनै रहर हुँदै  होइन ।म सोच्छु , यो पत्र लेख्दालेख्दै विचमै कलम बन्द गर्नु परोस् ,पत्र अपुरो छोड्नुपरोस।त्यस्तो शुभ समाचार पढ्न पाईयोस 'कात्तिक २८ गतेको नेपालबन्द विप्लव माओवादीबाट फिर्ता!' नत्र  दिनभर कमाएर पेट पाल्ने भरियादाईको भारि खोसिएर भोको भएको समाचार सुन्नु छ। ट्याक्सी चलाउने डाइभरदाईको ट्याक्सी ड्राइभर सहितलाइ पेट्रोल छर्किएर आगो लगाईयो भन्ने अप्रिय समाचार सुन्ने दिन हुनेछ।

भविष्य खोज्दै गरेका वावुनानीले पढ्न नपाएको दिन भएर रहनेछ। सर्वाहाराको मुक्ति सर्वाहारालाई दुःख दिएर अन्त्य होला र कमरेड? लाग्छ हिजो आज नेपाल बन्द र चक्काजामको टेन्डर तपाईंको पार्टीको नाममा मात्रै परेजस्तो!

सुन्दैछु माओवादी एकता केन्द्रको केन्द्रीय पार्टी कार्यालय, नयाँ शक्तिको कार्यालय मा पुर्वजनसेनाले कव्जा गर्दै  ताला लगाएर अन्तिम लडाइँ लड्ने संकल्प गरे। जो योध्दाहरु हिजो नेपाल बन्द देखि हतियार युद्वसम्म गरेका जनसेना थिए ।उनीहरुवाटै सुरु गरौं जसको जिन्दगी आज नेपाल बन्द, चक्काजाम र युद्व लड्दैमा सकियो र आज धर्ना वस्नुपरेको छ अयोग्य वनेर।

उनीहरुलाई  मुक्ति दियो त बन्दले? मुक्ति पाए त जनताले यसअघिका बन्दले?

 

तपाईंहरू सायद देशको तमाम वेतिथिको अन्त्य देख्ने सपना बोकेर मुठ्ठीमा ज्यान अर्पेर हिँड्नुभयो। ऊ जमानामा ती नाजायज सपना पक्कै थिएनन् । नेतृत्व लिनेहरुले त्यत्रो सपनाको लडाँईलाई औचित्य पुष्टि गर्न सकेनन्। कतै फसे ,अल्झिए। जे र जसका विरुद्ध  विद्रोह भयो ,नेतृत्वले तिनिहरुसँगै गला मिलाँउदा त्यसको प्रतिरोध तपाईंले गर्नुलाई अन्यथा लिने ठाउँ म देख्दिँन। महँगी, भ्रष्टाचार कानुन विहिनताको विरोध गर्नु जाएज छ। हिजो यसैलाई निष्कर्षमा पुर्‍याईएन त्यही गल्तीको परिणाम हो 'उडी जाने वस' संसारलाई वरदान हुँदा हामीलाई अभिसाप भयो।

हेपाईको मराई लिन लालावाला, जहानवच्चा चटक्कै छाडेर जाने र लास ओसार्ने साधन बन्यो। हिजोका त्यही सपनाका सारथीहरु देशको शाख हरर उडाएर जान बाध्य वने।जे भएपनि युद्वको विसर्जन भयो।

शान्तिको सास फेर्ने दिनको झिनो आशा त आयो भन्ने लाग्थ्यो। देश बनाउने सपना तपाईंले पनि देख्नु थियो र  पनि तपाईं अझै  अन्तिम युद्व गरेरै मात्र बनाउने गरि सशस्त्र युद्वको आवश्यकता देख्न छोड्नुहुन्न।

हतियारबाटै कब्जा गर्ने  छापामार शैली अपनाउन छोड्नुहुन्न। अहिलेको आवश्यकता नहुँदा नहुँदै मानौँ !अन्तिम युद्व भयो नै । मलाई एउटा प्रश्न गर्नुछ कमरेड! के त्यतिवेलाको लडाइँमा लड्नेहरुले दुई पैसा धनको लागि अहिलेजस्तो उड्ने बस चड्नुपर्ने छैन?

अनि त्यतिबेला पसिना र पौरख यही पोखेर सम्वृध्दि आउने अवस्था बन्नेछ  भन्ने ग्यारेन्टी छ? त्यसका लागि नेपाल बन्द र चक्काजाम गरिनैपर्छ हो? ट्याक्सी जलाएर र भरियाका भारि खोसिनुपर्छ हो कमरेड?

नयाँ तरिकाको क्रान्तिका नाममा जनता तर्साउने र दु:ख पाँउने उहीँ शैली सुहाएन। अब धन र मनको संयोजन गरेर पानि र खानिमा हात हालेर बन्दुकको ह्याँङ फालेर सम्बृध्दिको सपना देखाउन कोशिश गर्नुहोस्। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तनको सपना देखाउनुस कमरेड! जनताको मनको मोर्चामा विजयी बन्ने संकल्प गर्नुस। अहिलेको हतियार भन्नू त्यो भन्दा शक्तिशाली केही हुनेछैन।

सियो ,र नुनदेखि चामल र सुनसम्म बाहिरबाट नल्याए चुलो तात्दैनन् यताका र पनि भारतलाई दोषी देखाएर उम्किने अवस्था अब होइन। त्यही मुद्दामा नेतृत्व लिएका सुप्रिमो 'प्रचण्ड' कसरी भारतीय चक्क  घुम्ने बने आजकाल त्यहि हेर्नुस्, सुरुङ युद्वको औंचित्य! कुटनीतिले खेल्नुहोस्। हतियारले बिच्काँउन जानेर मात्रै पुग्दैन। बन्द गरेर होइन खुल्ला राखेरै आत्मनिर्भरताको देश बनाउनुस्।

मलाई यसले साँच्चै पीडा बोध गरायो। आफ्ना दाजुभाई मारिनुमा छिमेकिलाई दोष दिउ कि आफ्नो पक्षको जिम्मेवारी हेरौँ । तपाईं नेतृत्वको माओवादीले भारतीय राष्ट्रपति नेपालमा रहेको सन्दर्भमा पाकिस्तान युद्वमा गोर्खा सैनिक प्रयोग नगर्न भारतसँग एउटा माग गरेको थियो। उताको सुविधाभोग गरेर त्यो देशको रक्षामा ज्यान अर्पने सपथ खाएका गोर्खा सैनिकलाई भारतले आफ्नो आवश्यकता अनुरुप जोखिमपूर्ण क्षेत्रमा लगाएको छ।

मलाई लाग्दैन कि भारतले सेवा सुविधा दिएर सीमा रक्षामा सेना प्रयोग गर्नु अस्वभाविक हो। जुनसुकै देशका भए पनि सेनामा ज्यान हत्केलामा राखेर लड्ने नै हो। कमरेड! मागको नाममा जे जसरि पनि राखेर जनताका अगाडि नायक बन्ने दिन अब होईन र आफ्नो कमजोरीलाई पनि सँधै भारतीय देखाएर पार्टी चल्ने जमाना अलिक पुरानै भैसकेको हो।

ऊ बेलामा सर्वहाराको मुक्तिका नाममा नेपालीलाई जनसेनामा भर्ना गरेर मर्न लगाँउदाका  वास्तविक  अपेक्षा पूरा भएनन्। त्यही तत्कालीन  पार्टीको नेतृत्व सरकारमा र त्यसकै टुक्रा टुक्रा  सडकमा विरोध  गरिरहेको वर्तमान  अवस्था छ।

सँधै हतियार क्रान्तिका नाममात्रले देशको मुक्ति सम्भव पक्कै छैनन्। प्रत्येक क्रान्तिका चरण पूरा भएपछि सम्वृद्धिको चरण सुरु हुने गर्छन्। यही सम्वृद्धिका सपना लिएर यसअघि पनि लडिएकै हो। अब लडाउन खोज्नुभएकालाई युद्वमा जा भन्ने कि नभन्ने? हो अर्काको देशमा गोलि खाएर मर्ने रहर कसैलाई छैन।

विदेशीले सेनामा भर्ना लिनुमा नेपालीलाई आज बहादुर यही मानेमा लिईन्छ वफादार र वहादुर भनेर फुर्काईन्छ। मर्न र मार्न लगाईन्छ। कारण उही गरिबी र परनिर्भरता हुन्। यी सबको ईतिहास छ। इतिहासका प्रत्येक गल्तीको सजाय भोग्नेमा त्यही सर्वाहारा पर्छन्।

त्यही इतिहासका गल्ती सच्याउने नाममा तपाईँको सदावहार क्रान्तिकारी छवि पनि दाउमा नपरोस्। जसका लागि रगतको साटो पसिना वग्ने नौलो क्रान्तिको  देश  वनाउने अठोट र नेतृत्व गर्नुहोस्  त्यति हो जनअपेक्षा, हतियार हामीलाई फेरि देख्ने रहर होइन।बन्द र चक्काजाममा रोकिएर हजार माईलको दुरी पार गर्न अवेला गर्नु अब छैन।

अन्त्यमा ,तपाईंकै रचनाको  सम्झनामा आईरहने एउटा गीत तपाईँलाई न‌ै मनन गर्न सुझाव दिन मन लाग्यो,

कस्ले बनायो दाजै उडिजाने बस?

हाम्रो देशै उडायो ,हाम्रो शाखै उडायो!

हरर उडेर नजाउ न है....

नवनाइ कहाँ हुन्छ आफ्नै देशलाई!!

हेपाईको मरण के लानु छ र दुई पैसा जोडेर..

देश विझेको यस गीतमा तपाईंका सपनाका यी रूपलाई मुर्त रुप दिन नेपाल बन्द र यस्ता कार्यक्रम  जहिल्यै पनि वाधक हुज भन्न चाहन्छु। कमरेड!तपाईंकै नेतृत्वमा देश कायापलट होस भन्छु तर नेपाललाई खुल्ला राखेर मात्र त्यो सम्भव छ बन्द गरेर होइन।

 

तपाईंको शुभचिन्तक

केशव प्रसाद पाण्डे

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink