ओली गफ र राष्ट्रवाद

  • Get News Alerts

नेपाली राजनीति अचम्मको छ–नेताले बोलेको पुष्टि फेरि कहिल्यै गर्नुपर्दैन। उनीहरु बोल्दै जान्छन् भन्दै जान्छन्, सपना बाँडिनै रहन्छन्। हामी नेपालीहरु छिटो विश्वास गर्छौं र पहिलाको कुरा बिर्सिहाल्छौं। के महाकाली सन्धि राष्ट्रघाती होइन? यो सन्धिका प्रवर्तक अहिलेका राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली होइनन्। महाकाली सन्धिको पक्षमा सबैभन्दा ठूलो ‘त्याग’ कसैले गरेको थियो भने यिनैले गरेका थिए।

तर अचम्मछ–नेताले बोलेको पुष्टि फेरि कहिल्यै गर्नुपर्दैन। ओलीले महाकालीको बारे फेरि कहिल्यै बोलेनन्। अझ भनौं, उनलाई बोल्नुपरेन। उतिबेलाका ‘राष्ट्रघाती’ ओली अहिले रातारात राष्ट्रवादी भए। राष्ट्रवादको श्रीपेच टाउकोमा गुथेपछि यिनले जनताको अनगिन्ती माया पाए। कोशी, गण्डक र महाकाली सन्धिजस्ता राष्ट्रघाती सन्धिका विपक्षमा ओली कहिल्यै बोलेनन्। भारतीय सुरक्षाबल नेपालको भूगोलमा पसेर दिनहुँँजसो हाम्रो राष्ट्रवादलाई चुनौती दिँदा ओली उग्राइरहे। कालापानी र सुस्तामा भारतीय विस्तारवादले फौजी क्याम्प खडा गरेर बस्दा यिनको राष्ट्रवाद कता थियो? त्यो पनि थाहा पाइएन।

देशको सीमा हजारौं स्थानमा मिचिएका छन्–ओली बेखबर जस्तै छन्। अचम्म–ओली यस्तै भएपनि उग्रराष्ट्रवादी भएका छन्। संविधान कार्यान्वयन गर्ने कार्यकारी जिम्मेवारी पाएका ओलीले ‘संघीयता लागू गर्न खोजे जनताले खारेज गर्ने’ भनेर आफ्नो असली नियत बोले भन्दा अतियुक्ति हुँदैन। यो अभिव्यक्ति ओलीको अन्तरमन थियो। किनकी ओली पछिल्लो परिवर्तनको पक्षमा कहिल्यै उभिएनन्। यिनै ओली हुन ०६२÷०६३ को आन्दोलनलाई उल्टो खिसिगरेर आन्दोलनको सफलता भनेको ठेलागाढा चढेर अमेरिका जानु जस्तै हो भन्थे। यो परिवर्तित अग्रगमनमा ओलीको उदासिनताबाहेक कुनै देन छैन। यो टिप्पणी ‘ओली गफ र राष्ट्रवाद’ मा मदहोश भएकाहरु प्रति हो। ओली प्रधानमन्त्री भएपछि के गरे? प्रधानमन्त्री भइसकेपछि ओलीका मुख्य तीन जिम्मेवारी थिए।

नयाँ संविधानको कार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण तथा राहत र संविधानमा असहमत मुख्यतः मधेसी मोर्चा तथा अन्यलाई सहमतिमा ल्याउँदै संविधान कार्यान्वयनको थालनी गर्नु। ओली यी तीन मुख्य जिम्मेवारीमा असफल मात्रै छैनन् पुर्णतः उदासिन छन्। ओली अहिलेका यी तत्कालिन  एजेण्डा र मुख्य जिम्मेवारीबाट भागिरहेका छन्। हो, यहीँनेर ओलीको परिवर्तनप्रतिको उदासिनता र स्वार्थमा केन्द्रित ‘ओली राष्ट्रवाद’काबीच प्रश्न खडा हुन्छ हो, केही काम भए। ओलीले बजेटमा केही नयाँ कुरा ल्याएका छन् । चीनसँग पारवहन सम्झौता भयो। केरुङ, काठमाडौं, पोखरा, लुम्बिनी रेलको एजेण्डा हाम्रो होइन–चीनको हो। तर राम्रो भयो। ओली मुख्य काम र जिम्मेवारी छाडेर सपनाको कुम्लो बोकेर सोझा जनतालाई भ्रम बाँड्न माहिर छन्। ओली जनता हाँसेको या रोएको पत्तो पाउँदैनन्।

पुनःनिर्माण बेलैमा नहुँदा लाखौं घरवारविहीनहरुले अत्महत्या गर्नुपर्ने अवस्था आउँछ भन्नेप्रति ओली बेखबर छन् या उदासिन? ओलीले सपना देख्न पाउँदैनन–यसो भन्न खोजेको होइन। तर, संक्रमणकालमा रहेको मुलुकको एक कार्यकारीलाई गफाडी बन्ने छुट छैन। योे सपना होइन, ओली गफ हो। गफसँग मुलुक विकासको कुनै साइनो हुँदैन। भूकम्पले घरको जरो उखेलेको छ। पीडितलाई टिनको टहरो चाहियो। टहरो बनाउन उदासिन ओली पानीजहाज किन्ने भन्छन्। हामी सस्तो या महंगो, पेट्रोलपम्पमा तेल नपाएर साधन थन्क्याउन नपरे हुन्थ्यो भन्छौं, ओली भने २ वर्षमा तेलको खानी चलाउँछु भन्छन्।

भान्सामा एक सिलिण्डर ग्याँस चाहिएको छ–ओली घरघरमा ग्याँस पाइप जोड्छु भनेर हाम्रो भान्सामा ‘हाँसोको बहार गराउँछन्। वर्षामा राजधानीको सडकमा हाम्रा सवारी साधन नडुबे र बटुवालाई हिलाम्य नबनाए हुन्थ्यो, जे छ त्यसमा जाममा नपरी यात्रा गर्नुपाए हुन्थ्यो–ओलीको मेट्रो बस कहिले चढ्नु? हावाबाट आउने बिजुली एक वर्षमा छेलोखेलो चाहिएको छैन–लोडसेडिङको तालिका अनुसारै सहि, बत्ति आए हुन्थ्यो। ओली राष्ट्रको यो अवस्थाप्रति चिन्तित थिए भने असफल राष्ट्रका रुपमा घोषणा मात्रै नभएको मुलुकको अर्थ अवस्था सुधार्न पहल गर्नुपर्ने हाइन र? अहिले सुनिन्छ ओली महान हुन्। ओलीले उत्पातै गरे। ओलीलाई काम गर्न नदिने षड्यन्त्र हुँदैछ। यो सरकार ढाले पाप लाग्छ। हाँसो उठ्छ। किन लाग्ने हो पाप? ओली के भएर महान भएका हुन्? ओलीले के गरे? के–के गरे भन्ने कुनै काम गरेको प्रमाण छ ?
 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा