सरकार भूकम्पपीडितको हरिविजोग कहिलेसम्म!

  • Get News Alerts

एक वर्ष दुई महिना पुग्न लाग्यो विनाशकारी महाभूकम्प गएको। तर, अझैसम्म पनि भूकम्पपीडितहरुले स्थायी आवास बनाउन सकेका छैनन्। कारणहरु विभिन्न छन्। सबैभन्दा ठूलो कारण त हाम्रो सरकार नै हो भूकम्पपीडितका लागि घर बन्न नसक्नुको। 
 
सरकारले आश देखाउँदा लाखौं भूकम्प पीडितहरु अझै आशै आशमा बसिरहेका छन्। अब फेरि भूकम्पपीडितका बस्तीहरुमा पीडा आउँदैछ, वर्षात् बनेर। अनि  पीडितका घाउमा फेरि नुनचुक पर्नेछ। भूकम्पले उनीहरुको सुन्दर घर क्षणभरमै खण्डहर बनेको थियो। अब नयाँ घर बनाउनुपर्छ। सरकारले पनि अनुदान दिने भनेको छ। यही साल नयाँ घरमा सर्नुपर्छ। भूकम्पपीडितहरुले त्यसो भन्दै एक वर्ष बिताए।
 
तर, पीडितको टहरो हुरीले उडाएको खबर आउँदासम्म सरकारले उनीहरुको पक्षमा काम गर्न भ्याएकै छैन। अझ अहिले त सरकार बन्ने कि भत्काउने भन्ने विषयले बजार तातिरहेकाले यो विषयमा सोच्ने फुर्सद पनि कसैलाई छैन। वर्षामा पीडितको झन् विजोग हुनेछ। अब निरन्तर झरी पर्ने बेला भैसकेको छ। खेतमा फलेका धान मकै घर भित्राउने बेला आउनै लागेको छ। तर, त्यो धान, मकै कहाँ राख्ने भन्ने चिन्ताले पीडितलाई सताउन थालेको छ। सरकारले योजना बनाएको छ, तर कार्यान्वयनका लागि काम हुनै सकेको छैन। सरकारले भूकम्प पीडितहरुलाई राज्यले एक नागरिकलाई गर्नुपर्ने सामान्य व्यवहार समेत गर्न सकेको छैन।
 
पीडितहरुले आफुखुसी घर बनाउन लागेका बेला गाउँघरमा एउटा हल्ला चलाइयो, अब आफुखुसी घर बनाउनेलाई सरकारले कारबाही गर्छ र अनुदान रकम पनि दिँदैन भनेर। गाउँघरमा सर्वसाधारणलाई यो चिन्ताले सतायो कि घर बनाउँ भने सरकारले कारबाही गर्छ। अनि सरकारले प्रष्टसँग भन्न सकेन कि घर बनाउनेलाई पनि अनुदान दिइन्छ। अर्को कुरा घर बनाउनका लागि सरकारले सामुहिक जमानीमा दिने भनेको तीन लाखका बारेमा न जिल्लाका कुनै बैंकहरु जानकार छन् न गाविस सचिवहरुले नै प्रष्ट जवाफ दिन्छन्। यस्तो बेला सम्झौता गरेका पीडितहरुले पनि अनुदानसवरुप दिने भनिएको दुई लाखको पहिलो किस्ता समेत पाउन सकेका छैनन्।
 
अनि सरकारका प्रतिनिधिहरु प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म सिंहदरबारका छेउछाउ उभिएर भाषण गरिरहेका छन्, असारसम्म भूकम्प पीडितहरु छानोमुनी पुगिसक्छन्। पीडितहरुले सरकारी अनुदान लिन भन्दा बैंकको ऋण लिन बढी इच्छा देखाएका छन्। किनकी अनुदानको पैसाले घर बनाउन नपुग्ने र बैंकको ऋण विस्तारै तिर्न पाइने भएकाले उनीहरुको इच्छा त्यतातिर थियो। तर घर बनाउन हौसिएका पीडितहरुले त्यतिखेर हावा खाए, जतिखेर बैंकहरुले विज्ञप्ति निकालेर सरकारी बैंक ग्यारेन्टी बिना रकम दिन नसक्ने बताए।
 
अनि पटक–पटक दुई प्रतिशत व्याजदरको ऋणको विषय उठाउँदै आएका अर्थमन्त्रीले बजेट भाषणमा यो विषय  बिर्सिदिए। अब त झन् यो विषय कुहिरोको काग बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटकका भाषणहरुमा धेरै महत्वाकांक्षी योजनाहरु सुनाइरहेका छन्। उनले यो हिम्मत गरेर बोलेका हुन्। उनको यो योजना सफल होस् भन्ने आम नेपालीको चाहना पनि छ।
 
तर, देश र जनता यति ठूलो पीडामा छन् कि प्रधानमन्त्रीको भाषणले लाग्छ उनीहरुलाई गिज्याइरहेको छ। जस्ता र पालको छानोबाट तप्पतप्प पानी चुहिरहेका बेला टेलिभिजनहरुमा प्रधानमन्त्रीको यस्तो भाषण सुन्दा पीडितहरुले के भन्लान्? सरकारले सबैभन्दा पहिला पीडितको समस्या समाधानमा ध्यान दिनुपर्ने होइन? त्यसमाथि सरकारी कामकाज यति झन्झटिलो छ कि पीडितले आवश्यक कागज तयार पार्न नै मुस्किल पर्ने अवस्था छ। मेरो काँध गलेको छैन भनिरहेका प्रधानमन्त्री ओलीले अब भूकम्प पीडितको आँसु पुछ्न थाल्ने बेला भएन र? 
 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा