रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

  • Get News Alerts

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

उनले युभेन्ट्सलाई ४–१ ले पराजित गरेको खेलमा २ गोल गरेका थिए। रोनाल्डोले २००८ मा इङलिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको उपाधि जित्दा फाइनलमा गोल गरेका थिए। २०१४ मा रियल म्याड्रिडले उपाधि चुम्दा पनि उनले गोल गरेका थिए। उनको च्याम्पियन्स लिगमा पनि गोल संख्या १ सय ५ पुगेको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

  • कासिमेरोले गरे रियलका लागि दोस्रो गोल

    कासिमेरोले रियल म्याड्रिडलाई पुनः गोलको अग्रता दिलाएका छन्। उनले ६१ मिनेटमा २५ यार्ड टाढाबाट हानेको बल युभेन्ट्सका सामी खेदिराको खुट्टामा लागेर गोल भएको थियो। यो गोलसँगै रियलले कार्डिफमा भइरहेको फाइनलमा २–१ को अग्रता लिएको छ।

लोकप्रिय

सूचनापाटी