म्याराडोनाको चर्चित ‘ह्याण्ड अफ गड’ गोलका लाइन्सम्यान रहेनन्

SAMSUNG
  • Get News Alerts

baleno
tata

अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनालाई चर्चित बनाउने बुल्गेरियाली लाइन्सम्यान बोगदान दोचेवको ८० वर्षको उमेरमा निधन भएको छ।

सन् १९८६ को विश्व कपमा म्याराडोनाले इङ्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा अविस्मरणीय ‘ह्याण्ड अफ गड’ उपनामले चर्चित गोल गर्दा दोचेव खेलका लाइन्सम्यान थिए। त्यो गोल म्याराडोनाले आफ्नो हातले हानेका थिए। गोलको विषयमा विवाद बढेपछि म्याराडोनाले पत्रकारसम्मेलनमा गोल आफ्नो हातले नभई भगवानको हातले भएको जवाफ दिएका थिए। जसका कारण अहिले पनि त्यो गोललाई ‘ह्याण्ड अफ गड’ को उपनामले चिनिन्छ।

इङ्ल्यान्डविरुद्ध यही खेलमा म्याराडोनाले सताब्दीकै उत्कृष्ट गोल पनि गरेका थिए। जसका कारण अर्जेन्टिना २–१ ले विजयी भएको थियो।

दोचेवको यही साता बुल्गेरियामा निधन भएको बताइएको छ। उनले ३ वर्षअघि एउटा अन्तर्वार्तामा फिफाको त्यतिबेलाको नियमका कारण आफूले कुनै निर्णय सुनाउन नपाएको बताएका थिए। म्याराडोनाले हातले गोल हान्दा इङ्ल्यान्डका गोलकिपर पिटर सेल्टन बललाई नियन्त्रण लिन अगाडि बढ्ेका थिए। त्यतिबेला लाइन्सम्यानले आफै कुनै निर्णय दिने प्रावधान थिएन। रेफ्रिले पनि आफूलाई नसोधेको हुनाले म्याराडोनाको हाते गोल सदर भएको उनको भनाई थियो।

उनले अन्तर्वार्तामा रेफ्रिले आफूतर्फ नहेरिकनै गोललाई सदर गरेको बताएका थिए। ‘हामीबीच कुनै दोहोरो कुरा भएन। त्यतिबेला रेफ्रि ट्युनेसियाका अली बिन नासिर थिए। उनी आफ्नो भाषा मात्र जान्दथे। गोल भएपछि उनले मलाई हेर्दै हेरेनन्,’ दोचेवले भनेका थिए।

नासिरले दोचेवको यो भनाईको पहिले नै खण्डन गरिसकेका छन्। उनले म्याराडोनाको हाते गोलपछि आफूले दोचेवतर्फ हेरेको तर उनले ‘ह्याण्ड’ भएको इसारा नगरेको बताएका थिए।

दोचेवले बुल्गेरियाबाट अन्तर्राष्ट्रिय फुटबल पनि खेलेका थिए। उनले आफ्नो रेफ्रि करिअर समाप्त पार्न म्याराडोनाको त्यही गोल जिम्मेवार भएको प्रतिक्रिया दिएका थिए। दोचेव १९७० देखि १९८० सम्म बुल्गेरियाको उच्चकोटीका रेफ्रि थिए। उनले १९८२ को विश्व कपमा पनि रेफ्रिको भूमिका निर्वाह गरेका थिए।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    स्पेनिस सुपर कपमा चिरपरिचित रियल मड्रिडसँग समग्रमा ५–१ गोल अन्तरको लज्जास्पद हारपछि बार्सिलोनामा नेइमारको अभाव खट्किएको छ। बार्सिलोनाका कप्तान लियोनल मेसीले नेइमारको ठाउँमा आउनसक्ने सम्भावित खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग सल्लाह गरेका छन्।

  • बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधिमाथि बक्जा जमाएको हो।

  • खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    पाकिस्तानका एक क्रिकेटरको बलले लागेर मृत्यु भएको छ। पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले लागेर मृत्यु भएको हो।

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink