ठूलो रहस्योदघाटन! सेरेनाले छोरीलाई जन्म दिने

  • Get News Alerts

samsung
tata

विश्व चर्चित महिला टेनिस खेलाडी सेरेना विलियम्सको छोरी जन्मिन लागेको रहस्योदघाटन उनकै दिदी भेनसले गरेकी छिन्।

गर्भवती भएका कारण सेरेनाले यसपालिको फ्रेन्च ओपनमा भाग लिइनन्। दिदी भेनस वर्षको दोस्रो ग्रान्ड स्लामको दोस्रो चरणमा प्रवेश गरेपछि उनले यसको रहस्योदघाटन गरिन्। उनले गल्तीले आफ्नो बहिनीको विषयमा सबै कुरा बताएकी हुन्।

यसअघि सेरेनाले सोशल साइटमा आफ्नो तस्बिर सार्वजनिक गरेपछि उनी गर्भवती हुन लागेको रहस्य खुलेको थियो। भेनसले टेलिभिजनसँगको साक्षात्कारमा सेरेनाको छोरीले भविस्यमा आफूलाई मनपर्ने ‘आन्टी’ भनेर सम्बोधन गर्ने भनेपछि सबै कुरा सार्वजनिक भएको हो।

‘हामी सबैलाई छोरी मनपर्छ। उनको नाम हाम्रो अगाडिको नामबाट होस भन्ने चाहन्छौँ,’उनले भनिन्। सेरेनाले यसअघि आफ्नो गर्भमा रहेको बच्चाको लिङको जानकारी दिन अस्विकार गरेकी थिइन्। २३ पल्ट ग्रान्ड स्लाम जितेर इतिहास रचेकी अमेरिकी टेनिस खेलाडीले गत अप्रिलमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन्।

सेरेना गत बुधबार आफ्नो दिदीको पहिलो राउण्डमो खेल हेर्न पेरिस पुगेकी थिइन्। उनले ३ पल्ट फ्रेन्च ओपन जितिसकेकी छिन्। बच्चालाई जन्म दिएपछि २०१८ मा पुनः टेनिस कोर्टमा फर्किने उनले पहिले नै प्रतिबद्धता दोहर्याइसकेकी छिन्।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

  • ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    आगामी मंसिर १४ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । बुधबार बसेको एन्फा बोर्डको बैठकले ए डिभिजन लिगको मिति तय गरेको हो ।

  • रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    आइतबार राती स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए। उनलाई दुई वटा पहेँलो कार्डका लागि एक खेल प्रतिबन्ध निश्चित थियो। तर, रेफ्रिलाई धकेलेको आरोपमा उनीमाथि थप ४ खेलको प्रतिबन्ध तोकिएको हो।

  • नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    उनले गुइनगाम्पविरुद्ध डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुको साथै ६२ मिनेटमा काभानीलाई गोलका लागि अवसर मिलाइदिएका थिए।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink