पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा क्यान पदाधिकारीले सर्वोच्चबाट सफाइ पाए

  • Get News Alerts

नेपाली क्रिकेट कप्तान पारस खड्कालगायत ४ खेलाडीले भ्रष्टाचारको आरोप लगाउँदै करिब ३ वर्षअघि अख्तियारमा दायर गरेको मुद्दामा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व तथा वर्तमान पदाधिकारीले पुनः सफाइ पाएका छन्।

सर्वोच्च अदालतले विहिबार भ्रष्टाचार मुद्दामा विशेष अदालतको पुरानो निर्णयलाई सदर गर्ने निर्णय गरेको हो।

अख्तियारले दायर गरेको मुद्दा हचुवाको आधारमा भएको भन्दै डेढ वर्षअघि विशेष अदालतले क्यानका पूर्व अध्यक्ष टंक आङ्बुहाङसहित १० जनालाई सफाइ दिएको थियो। सोही मुद्दा अख्तियारले सर्वोच्च अदालतमा पुनः दायर गरेको थियो।

‘राष्ट्रिय खेलाडीलाई वर्गिकरण गरेर तलब दिनेलगायत टि–२० विश्व कपको महत्वकाक्षी योजना अगाडि सार्दा पनि हाम्रो चरित्र हत्या गर्ने काम भयो’, निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले सेतोपाटीसँग भने। उनले सर्वोच्च अदालतबाट संघका पूर्व तथा वर्तमान पदाधिकारीले न्याय पाएकोमा खुसी व्यक्त गरे।

सन् २०१४ मा नेपालले बंगलादेशमा आयोजना भएको टि–२० विश्व कप खेलेर फर्किएपछि नेपाली टिमका कप्तान खड्कासहित ४ खेलाडीले तत्कालिन क्यान पदाधिकारीविरुद्ध भ्रष्टाचारको आरोप लगाएका थिए। यो मुद्दामा विदेशी प्रशिक्षक पुबुदु दासनायके बयान दिन अख्तियार पुगेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी