फिफा वरियतामा नेपाल चार स्थान माथि उक्लियो

  • Get News Alerts

विश्व फुटबल महासंघ फिफाको बरियातामा नेपालले ४ स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियाता अनुसार नेपाल यसअघिको आफ्नो वरियतामा चार स्थान सुधार गरेको हो। यद्यपी नेपाल दक्षिण एशियामा भारत, माल्दिभ्स, अफगानिस्ता र भुटानपछि चौथो स्थानमा यथावत छ ।

दक्षिण एशियामा भारत १००औं स्थानमा यथावत रहँदा चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र समान चार स्थान तल झरेको अफगानिस्तान १५८औं स्थानमा छ। यस्तै २ स्थान तल झरेको भुटान पनि नेपालभन्दा तीन स्थान माथि १६६औं स्थानमा छ ।

बरियातामा नेपालभन्दा पछाडि रहेका दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश १९२, श्रीलंका १९६ र पाकिस्तान २००औं स्थानमा छन्।

पछिल्लो वरियाताको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छ। पहिलो स्थानमा ब्राजिल यथावत छ । यस्तै अर्जेन्टीना, जर्मनी, चीली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विटजरल्याण्ड र स्पेन क्रमशः १ देखि दशौं स्थानमा छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी