कोहली र कुम्बलेको झगडा उमेर अन्तरको कारणः गावस्कर

  • Get News Alerts

भारतीय कप्तान विराट कोहली र प्रशिक्षक अनिल कुम्बलेबीच खटपटको मुख्य कारण दुई खेलाडीबीचको उमेरको अन्तर भएको चर्चित ब्याट्सम्यान सुनिल गावस्करले बताएका छन्।

भारतको एउटा च्यानलले च्याम्पियन्स ट्रफीका लागि आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गावस्करले भने, ‘दुई खेलाडीबीच उमेरको अन्तर ठूलो छ। यस्तो घटना अन्य टिममा पनि हुने गर्छ।’
च्याम्पियन्स ट्रफी अगाडि कप्तान कोहली र प्रशिक्षक कुम्बलेबीच सम्बन्ध त्यति राम्रो नभएको समाचार बाहिरिएपछि यसले प्रतियोगितामा असर पर्ने बताइएको थियो। भारत च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पनि हो। यी दुईबीचको सम्बन्ध सुधारका लागि सचिन तेन्दुलकर, सौरभ गागुली र भिभिएस लक्ष्मणलाई जिम्मा दिएको समाचार पनि बाहिरिएको थियो।

कोहली प्रशिक्षक कुम्बलेको रणनीति तथा उनले खेलाडीलाई दिने सल्लाहबाट त्यति खुसी थिएनन्। ‘कुम्बले पुरानो पिढीका खेलाडी हुन्। त्यसैले उनको सोच वर्तमान खेलाडीसँग नमिल्न सक्छ। मैदानमा यो कुरा नदेखिए पनि अभ्यासको बेला विमति हुन सक्छ। यसलाई गम्भीरताका साथ लिइरहनु पर्दैन। कहिले काहीँ आपसी विपतिले सकारात्मक परिणाम निकाल्न सहयोग पुर्याउँछ,’ गावस्करले भने।

उनले कुम्बलेको प्रशिक्षणको तारिफ पनि गरे। गावस्करका अनुसार कुम्बले भारतीय टिमको प्रशिक्षक नियुक्त भएपछि देशले राम्रो नतिजा निकालेको छ। कुम्बलेको कार्यकाल च्याम्पियन्स ट्रफीपछि समाप्त हुँदैछ। गावस्कर नयाँ प्रशिक्षकका लागि भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको सूचनाको पक्षमा पनि देखिए। यसले नियम बसाउन मद्दत पुग्ने बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी