विराट कोहली विश्वका १३ औं प्रभावशाली खेलाडी

SAMSUNG
  • Get News Alerts

baleno
tata

भारतीय कप्तान विराट कोहली खेलकुदको प्रभावशाली च्यानल इएसपिएनले सार्वजनिक गरेको विश्व चर्चित सय खेलाडीको सूचीमा १३ नम्बरमा पर्न सफल भएका छन्। पछिल्लो समय विज्ञापनबाट भएको कमाइँ तथा सोशल मिडियामा बढ्दो फलोअरका कारण उनलाई इएसपिएनले विश्वको सय चर्चित खेलाडीको पंक्तिमा १३ स्थानमा राखेको हो।

यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो, लिओनल मेसी तेस्रो र नेइमार छैटौं स्थानमा छन्। कोहलीको पछिल्लो समय विज्ञापनबाट कमाइँ १ करोड ७४ लाख अमेरिकी डलर (करिब १ अर्ब ७९ करोड रुपैयाँ) बताइएको छ।

उनको फेसबुकमा ३ करोड ३९ लाख, ट्विटरमा १ करोड ३९ लाख, इन्स्टाग्राममा १ करोड ३४ लाख फलोअर छन्। भारतकै पूर्व कप्तान महेन्द्रसिंह धोनी १५ औं स्थानमा छन्। क्रिकेटरमा भारतका युवराज सिंह ९० तथा सुरेश रैना ९५ स्थानमा छन्।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    स्पेनिस सुपर कपमा चिरपरिचित रियल मड्रिडसँग समग्रमा ५–१ गोल अन्तरको लज्जास्पद हारपछि बार्सिलोनामा नेइमारको अभाव खट्किएको छ। बार्सिलोनाका कप्तान लियोनल मेसीले नेइमारको ठाउँमा आउनसक्ने सम्भावित खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग सल्लाह गरेका छन्।

  • बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधिमाथि बक्जा जमाएको हो।

  • खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    पाकिस्तानका एक क्रिकेटरको बलले लागेर मृत्यु भएको छ। पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले लागेर मृत्यु भएको हो।

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink