इएसपिएनको सयौं चर्चित खेलाडीको सूचीमा मेसी तेस्रो नम्बरमा, रोनाल्डो पहिलो

  • Get News Alerts

खेलकुद च्यानल इएसपिएनले सार्वजनिक गरेको विश्वका सय चर्चित खेलाडीमा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी तेस्रो स्थानमा परेका छन्। उनलाई रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नम्बर एक स्थानमा पछि पारेका छन्।

इएसपिएनले खेलाडीले विज्ञापनबाट कमाउने रकम र सोशल मिडियामा उनीहरुलाई पछ्याउने मतको आधारमा यसको चयन गरेको हो। जसमा रोनाल्डोले सबैलाई उछिनेका छन्।

३२ वर्षीय रोनाल्डो इएसपिएनको सय चर्चित खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। दोस्रो स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स छन्। तेस्रो स्थानमा मेसी छन्। चौथो नम्बरमा टेनिस खेलाडी रोजर फेडेरर छन्। पाँचौ स्थानमा अमेरिकी गल्फर फिल मिकेल्सन छन्। छैटौंमा बार्सिलोनाका ब्राजिली स्ट्राइकर नेइमार परेका छन्। जमैकाका चर्चित धावक उसेन बोल्ट सातौं, अमेरिकी बास्केटबल खेलाडी केभिन डुरान्ट आठौं, स्पेनका टेनिस स्टार राफाल नाडाल नवौं र चर्चित अमेरिकी गल्फर टाइगर उड्स दशौं स्थानमा छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी