खेलकुदमन्त्री श्रीपाली अवैधानिक भन्दै श्रेष्ठसँग बस्न नमानेपछि!

  • Get News Alerts

samsung
tata

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले नेपाल भलिबल संघको कार्यक्रममा सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एउटै मञ्चमा बस्न नमानेपछि कार्यक्रम प्रभावित बन्न पुगेको छ।

सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको उपलक्ष्यमा बुधबार राती काठमाडौंको शंकर होटलमा भलिबल संघले स्वागत कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा संघका पदाधिकारीले प्रमुख अतिथिको रुपमा खेलकुदमन्त्री श्रीपालीलाई निमन्त्रणा गरेका थिए। संघले अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटीको अध्यक्षको हैसियतले श्रेष्ठलाई पनि निम्तो दिएको थियो।

तर, आशनग्रहणभन्दा अगाडि मन्त्री श्रीपालीले सर्वोच्च अदालतको निर्णयका कारण आफूले अवैधानिक कमिटीका अध्यक्षसँग एउटै मञ्चमा बस्न नमिल्ने भनेपछि श्रेष्ठ कार्यक्रमभन्दा अगाडि नै हलबाट बाहिरिएका थिए।

‘मन्त्रीज्यूले सर्वोच्चको निर्णयका कारण आफू अवैधानिक कमिटीका पदाधिकारीसँग एउटै मञ्चमा बस्न नमिल्ने भनेपछि हामीले यसको सूचना जीवनरामजी (श्रेष्ठ) लाई दिएका थियौं,’ संघका एक पदाधिकारीले सेतोपाटीलाई नाम उल्लेख नगर्ने सर्तमा भने।

मन्त्रीको अडानका कारण कार्यक्रम करिब १ घण्टा ढिलो सुरु भएको थियो। उद्घोषकले श्रेष्ठलाई आसनग्रहणका लागि बोलाएपनि उनी पहिले नै त्यहाँबाट हिडिसकेका कारण उनका लागि छुट्याइएको कुर्सी खाली थियो।

गत वैशाखमा पनि नयाँ वर्षको शुभकामना दिन आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको लोगो गैरकानुनी रुपमा प्रयोग गरिएको भन्दै श्रेष्ठ समूहले गर्न लागेको चियापान कार्यक्रमलाई प्रहरीले रोकेको थियो।

२०६३ सालमा नेपाल ओलम्पिक कमिटीको वैधानिकताको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक घोषणा गरेको थियो। तरपनि उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताको आधारमा देशभित्र ओलम्पिक अभियान सञ्चालन गर्दै आइरहेका छन्।

 

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

  • ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    आगामी मंसिर १४ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । बुधबार बसेको एन्फा बोर्डको बैठकले ए डिभिजन लिगको मिति तय गरेको हो ।

  • रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    आइतबार राती स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए। उनलाई दुई वटा पहेँलो कार्डका लागि एक खेल प्रतिबन्ध निश्चित थियो। तर, रेफ्रिलाई धकेलेको आरोपमा उनीमाथि थप ४ खेलको प्रतिबन्ध तोकिएको हो।

  • नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    उनले गुइनगाम्पविरुद्ध डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुको साथै ६२ मिनेटमा काभानीलाई गोलका लागि अवसर मिलाइदिएका थिए।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink