रोनाल्डोको 'कुरुप मूर्ति' का मूर्तिकारले बनाए गारेथ वेलको मूर्ति

  • Get News Alerts

क्रिस्टियानो रोनाल्डोको कुरुप मूर्ति बनाएर चर्चा बटुलेका पोर्चुगिज मूर्तिकार इमानुअल सान्तोषले अर्को ठूलो काम पाएका छन्। उनले च्याम्पियन्स लिगको फाइनलभन्दा अगाडि वेल्सका अन्तर्राष्ट्रिय खेलाडी तथा रियल म्याड्रिडमा रोनाल्डोसँगै खेल्ने गारेथ वेलको मूर्ति बनाउने काम पाएका हुन्। 

च्याम्पियन्स लिगको फाइनल वेल्सको कार्डिफमा जुन ४ मा हुँदैछ। कार्डिफ रंगशाला अगाडि वेलको अर्धकदको मूर्ति स्थापना गर्न उनले अगाडि नै ठेक्का पाएका थिए। ‘रोनाल्डोको मूर्ति बनाएपछि मेरो चर्चा हुन थालेको थियो। सबैले मलाई रोनाल्डोको हाँसो कसरी बनाइस् भनेर सोध्ने गर्थे। यही कामले गर्दा मैले अर्को काम पनि पाएको हुँ,’ उनले भने। ४० किलोको यो मूर्ति निमार्ण गर्न २५ हजार पाउण्ड खर्च भएको बताइएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी