चुम्बनका कारण हामोउको खेल जीवन संकटमा

  • Get News Alerts

महिला टेलिभिजन पत्रकारमाथि जबरदस्ती चुम्बन गर्न खोजेको आरोपमा टेनिस खेलाडी म्याक्सिम हामोउलाई फ्रेन्च ओपन खेल्न प्रतिबन्ध लागेको छ।

फ्रेन्च खेलाडी हामोउले सिधा प्रसारण भइरहेको बेला युरो स्पोर्ट्सकी माली थोमसलाई जबरदस्ती चुम्बन गर्न खोजेका थिए। मंगलबार पहिलो चरणको खेलमा २१ वर्षीय हामोउ उरुग्वेका पाउलो कुएभाससँग पराजित भएका थिए।

खेलको प्रत्यक्ष प्रसारण गरिरहेकी थोमसलाई हामोउले समातेर चुम्बन गर्न खोजेका थिए। थोमसले छलेर प्रतिकार गरेपनि उनले शरीरको अन्य भागमा चुम्बन गरेका थिए। ‘म प्रत्यक्ष प्रसारणमा नभएकी भए उनलाई हिर्काइदिन्थेँ,’ थोमसले हफिङ्टन पोस्टलाई अन्तर्वार्ता दिएकी छन्।

फ्रेन्च टेनिस संघले हामोउको अनुमति पत्रदेखि सबै निलम्बित गरेको छ। हामोउले घटनाप्रति माफी मागेका छन्।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी