मुम्बई इन्डियन् आइपिएलको फाइनलमा

  • Get News Alerts

मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो प्लेअफमा शुक्रबार कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौ आइपिएलको उपाधि नजिक पुगेको हो।

बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनको सामान्य स्कोर बनायो। उसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाउनु बाहेर अरूले खेल्न सकेनन्।

कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए। यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २विकेट लिएका थिए।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए। यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए।

कोलकत्ताका लागि चावलाले २ विकेट लिए।

अब मुम्बईले उपाधिका लागि आगामी आइतबार पुनेसँग खेल्ने छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी