रैनाले जिताए गुजरातलाई, कोलकाता आफ्नै मैदानमा स्तब्ध

  • Get News Alerts

आइपिएल

ब्याटिङ पावरप्लेमा आरोन फिन्च र ब्रान्डम म्याकुलमको बिस्फोटक ब्याटिङ तथा कप्तान सुरेश रैनाको कप्तानी इनिङका कारण गुजरात लायन्सले ४ विकेटले कोलकाता नाइटराइडर्सलाई उसैको घरमा पराजित गरेको छ।

लिगको पुछारमा रहेको गुजरातविरुद्ध पहिलो ब्याटिङ गर्ने क्रममा सुनिल नारिनको १७ बलमा बिस्फोटक ४२ तथा रोबिन उत्थपाको ७२ रनको सहयोगले कोलकाताले पहिलो इनिङमा ५ विकेट गुमाउदै १ सय ८७ रन बनाएको थियो। प्रत्युत्तरमा कप्तान रैनाले ४ छक्का र ९ चौकाको सहयोगले ४६ बलमा ८४ रन बनाएपछि गुजरातले १० बल खेल्न बाँकी रहँदा ६ विकेट गुमाउदै जितलाई आत्मसाथ गर्यो।

त्यसअघि फिन्च र म्याकुलमले २१ बलमा ४२ रनको साझेदारी गरेका थिए। उनीहरुको बिस्फोटक सुरुवातका कारण गुजरातले ब्याटिङ पावर प्लेमा फिन्चको विकेट गुमाएर ७२ रन जोडेको थियो। फिन्च १५ बलमा २ छक्का र ४ चौकाको सहयोगले ३१ रन बनाएर आउट भए। म्याकुलमले पनि १७ बलमा १ छक्का र ५ चौकाको सहयोगले ३३ रन बनाए।

बीचमा दीनेश कार्तिक ३ रन, इशान किशन ४ र ड्वाने स्मिथ ५ रनमा आउट भएको अवस्थामा कप्तान रैनाले रवीन्द्र जडेजासँग मिलेर छैटौं विकेटका लागि ५ ओभरमा ५८ रनको साझेदारी गरेका थिए। जडेजा १ छक्क लगाउदै १९ रनमा अविजित रहे। खेलको म्यान अफ दि म्याच रैनालाई घोषित गरियो। गुजरातले ६ खेलमा २ जित निकालेको छ। कोलकाताको यो दोस्रो हार हो।

गुजरातको ब्याटिङका क्रममा बर्षाले खेल प्रभावित भएपछि आधा घण्टा खेल अवरुद्ध भएको थियो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी