कोलकाताले गुजरातमाथि राख्यो १ सय ८८ रनको लक्ष्य

  • Get News Alerts

आइपिएल

सुनिल नारिनको बिस्फोटक ब्याटिङ र रोबिन उत्थपाको अर्धसतकीय इनिङका कारण कोलकाता नाइटराइडर्सले गुजरात लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ।

हाल कोलकातामा छैटौं खेल खेलिरहेको घरेलु टोलीले नारिनको ४२ र उत्थपाको ७२ रनको उत्कृष्ट इनिङका कारण ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो।

कप्तान गौतम गम्भीरको प्रारम्भिक जोडीको रुपमा आएका नारिनले १७ बलमा १ छक्का र ९ चौकाको सहयोगले ४२ रन बनाएका थिए। उनले सबै रन बाउन्ड्रीबाट बनाउने कीर्तिमान बनाए। यसपछि उत्थपाले ४८ बलमा २ छक्का र ८ चौकाको सहयोगले ७२ रन बनाएका थिए।

गम्भीरले ३३ रन बनाए। उनले दशौं आइपिएलको पहिलो छक्काको रुपमा रवीन्द्र जडेजालाई डिप मिडविकेटमा प्रहार गरेका थिए। मनिष पाण्डेले २४ रन बनाए। ब्याटिङ पावरप्लेमा ६५ रन बनाएको कोलकाताले सुरुमा २ सय रन कटाउने विश्वास गरिएको थियो। तर, पछि गुजरातका बलरले कोलकाताका ब्याट्सम्यानलाई रोकेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी