म्यानचेस्टर युनाइटेडले पहिलो पल्ट सेल्टा भिगोसँग सेमिफाइनल खेल्ने

  • Get News Alerts

युरोपा लिग खेल तालिका सार्वजनिक

इङल्यान्डको म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा स्पेनिस क्लब सेल्टा भिगोसँग भिड्ने पक्का भएको छ। शुक्रबार सार्वजनिक युरोपा लिगको सेमिफाइनलको खेल तालिकामा इङ्लिस क्लबले आफ्नो प्रतिद्वन्दी स्पेनिस क्लबलाई पाएको हो।

यी दुई क्लब पहिलो पल्ट एकआपसमा भिड्दैछन्। यी दुईबीच अहिलेसम्म कुनै भिडन्त भएको छैन्। सेल्टाले यसअघि दुई इङ्लिस क्लबसँग खेलेको छ। सेल्टाले यसअघि सन् १९९८ मा घर र बाहिर दुवै पल्ट हराएको थियो, २००० को इन्टरटोटो मा पनि सेल्टाले लिभरपुललाई पराजित गरेको थियो। तर, २००४ को च्याम्पियन्स लिगमा आर्सनलसँग ‘होम एन्ड अवे’ दुवै खेलमा पराजित भएको थियो।
यी दुई क्लबबीचको खेल मे ५ र १२ मा हुनेछ।

यस्तै, दोस्रो सेमिफाइनल डच क्लब आयाक्सले फ्रेन्च क्लब लियोनसँग खेल्नेछ। दुवैबीचको पहिलो खेल मे ३ र दोस्रो १२ मा हुनेछ।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी