सेल्टा भिगो पनि पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा

  • Get News Alerts

स्पेनिस क्लब सेल्टा भिगो पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। १६ वर्षपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको स्पेनिस क्लबले गएराती बेल्जियमको जेन्क क्लबलाई पाखा लगाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो।

यसपालि युरोपा लिगको सेमिफाइनल प्रवेश गर्ने क्लबहरुमा स्पेनको सेल्टा भिगोसँगै इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, फ्रान्सको लियोन र नेदरल्यान्ड्सको आयाक्स रहेको छ।

सेल्टाले बेल्जियम क्लबलाई उसैको घरेलु मैदानमा क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकेपछि सेमिफाइनल स्थान पक्का गरेको हो। यसअघि पहिलो लेगको खेलमा सेल्टा ३–२ गोलले विजयी भएको थियो। सेल्टाले क्वाटरफाइनलको नतिजा समग्रमा ४–३ गोलले आफ्नो पक्षमा पारेको हो।

गएराती पियोन सिस्टोको गोलमा सेल्टाले अग्रता लिएको थियो। उनले ६३ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। लियान्ड्रो ट्रोसार्डले ६७ मिनेटमा गोल फर्काए पनि त्यो सेमिफाइनल प्रवेशका लागि पर्याप्त भएन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी