९ मिनेटमा २ गोल फर्काएको डच क्लब आयाक्स सेमिफाइनलमा

  • Get News Alerts

युरोपा लिग

युरोपा लिगअन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगको खेलमा नाटकीय नतिजा निकाल्दै डच क्लब आयाक्स २० वर्षको अन्तरालपछि युरोपियन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

अतिरिक्त समयको १ सय १ मिनेटसम्म ३–० ले पछाडि परेको नतिजालाई उल्ट्याउदै आयाक्सले अन्त्यमा २ गोल गरेको थियो। जसका कारण डच क्लब सेमिफाइनल प्रवेश गर्न सफल भयो।

आफ्नो घरेलु मैदानमा पहिलो लेगको खेलमा २–० को अग्रता बनाएको आयाक्सलाई गएराती जर्मनी क्लब साल्कले ३–२ गोलले पराजित गर्यो। तर, दुवै लेगको खेलबाट समग्रमा ४–३ गोलको नतिजा निकाल्दै डच क्लब अन्तिम ४ मा प्रवेश गरेको हो।

साल्केसँग यो नतिजा निकाल्न आयाक्सले निकै संघर्ष गर्नु पर्यो। साल्केका लागि निर्धारित ९० मिनेटमा लेयोन गोरेज्क(५३) र गुइडो ब्रुगस्टालर( ५६) ले गोल गरेका थिए। यी दुवैको गोलका कारण साल्केले निर्धरित समयमा दुवै लेगको नतिजालाई २–२ गोलको बराबरीमा राख्न सफल भएको थियो। यही नतिजापछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

अतिरिक्त समयमा पनि जर्मनी क्लबले नै सुरुवाती गोल गर्यो, जब डानियल कालिगुइरीले १ सय १ मिनेटमा अर्को गोल थपे। कालिगुइरीको गोलपछि जर्मनी क्लबले दुवै लेगको खेलबाट ३–२ को अग्रता बनाइसकेको थियो। तर, यो नतिजालाई अतिरिक्त समयको दोस्रो हाफको ९ मिनेट भित्र डच क्लबले उल्ट्यायो।

अतिरक्त समयको १ सय ११ मिनेटमा निक भेर्गेभर र १ सय २० मिनेटमा अमिन योनेसले गोल फर्काए। यो गोलसँगै समग्रमा ४–३ गोलको अग्रता बनाउदै आयाक्स सेमिफाइनल प्रवेश गर्यो।
यस खेलमा डच खेलाडी जोएल भाल्टमेनले ९० मिनेटमा रातो कार्ड पाएका थिए। उनी बाहिरिएपछि आयाक्सले अन्तिम ४० मिनेटको खेल १० खेलाडीमा सिमित भएर खेलेको थियो।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी