म्यानचेस्टर युनाइटेड पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा

  • Get News Alerts

इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेर अघिल्लो सिजन च्याम्पियन्स लिगमा सहभागी बन्न संघर्षरत म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ। मार्कुस रासफोर्डले अतिरिक्त समयको १ सय ७ मिनेटमा निर्णायक गोल गरेपछि एन्डरलेच्टलाई आफ्नो घरेलु मैदानमा २–१ गोलले पराजित गर्दै म्यानचेस्टर पहिलो पल्ट युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको हो।

पहिलो लेग १–१ गोलको बराबरी खेलेको म्यानचेस्टरले विहिबार राती ओल्ड ट्राफोर्डमा भ्रमणकारी टोलीलाई पराजित गरेपछि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ४ मा प्रवेश पायो।

म्यानचेस्टरका लागि १० मिनेटमै हेनरिख मखिटार्यनले गोल गरेका थिए। तर, ३२ मिनेटमा सोफियान हानीले गोल फर्काउदै निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा राखेका थिए। निर्धारित समयमा पहिलो र दोस्रो लेगको नतिजा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयका लागि लम्बिएको थियो। जसमा गत साता प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीविरुद्ध गोल गरेका रासफोर्डले पुनः आफनो क्षमता देखाएपछि म्यानचेस्टर सेमिफाइनल प्रवेश गर्यो।

निर्धारित समयको अन्तिम मिनेटमा म्यानचेस्टरले आफ्नो स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिक घुँडाको चोट बोकेर बाहिरिन बाध्य भए। अर्जेन्टिनी डिफेन्डर मार्कोस रोजा पनि घाइते बन्न पुगेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी