बेलायती ओलम्पियनको जमैकामा सडक दूर्घटनामा निधन

  • Get News Alerts

बेलायती ओलम्पिक हाइजम्प खेलाडी जेरेमिन मासनको विहिबार जमैकामा सडक दूर्घटनामा निधन भएको छ। जमैकामा जन्मिए पनि बेलायतका लागि २००८ को बेइजिङ ओलम्पिक खेलेका मासनको किङ्स्टनस्थित पालिसाडोस राजमार्गमा मोटरबाइक दूर्घटनामा निधन भएको ‘द गार्जियन’ पत्रिकाले जानकारी दिएको छ।

पत्रिकाका अनुसार दूर्घटनाको दिन मासनसहित जमैकाका धेरै हाइप्रोफाइल खेलाडीहरु राजमार्गमा मोटरसाइकल दौडाइरहेका थिए। जसमा ८ पल्ट ओलम्पिकमा स्वर्ण जितेका उसेन बोल्ड, सय मिटरका रजत विजेता माइकल फ्राटर र जमैकाका पूर्व फुटबल खेलाडी रिकार्डो गार्डनर पनि संलग्न रहेको बताइएको छ।

३४ वर्षीय मासन पहिले जमैकाका राष्ट्रिय खेलाडी थिए। उनले २००३ को विश्व इन्डोर च्याम्पियनसिपमा जमैकाका लागि कास्य पदक जितेका थिए। तर, बेलायतमा जन्मिएका आफ्नो बुवाको नागरिकताको आधारमा उनी २००६ मा बेलायत लागेका थिए। २००८ को बेइजिङ ओलम्पिकमा उनले रजत पदक जितेका थिए। उनको निधन प्रति जमैकाका प्रधानमन्त्री एन्ड्रयु होल्मसले संवेदना प्रकट गरेका छन्।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी