मालिङ्गालाई २ छक्का लगाउदै अमलाले पुरा गरे आइपिएलको दोस्रो सतक

  • Get News Alerts

दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमलाले श्रीलंकन बलर लासिथ मालिङ्गालाई लगातार २ छक्का हान्दै दशौं आइपिएलमा सतक बनाउने दोस्रो ब्याट्सम्यान बन्न पुगेका छन्। किङ इलेभेन पञ्जावका यी प्रारम्भिक ब्याट्सम्यानले सुरुदेखि अन्त्यसम्म ब्याटिङ गर्ने क्रममा ५२ बलमा ६ छक्का र ८ चौकाको सहयोगले सतक बनाएपछि घरेलु टोलीले मुम्बई इन्डियन्सअगाडि १ सय १ सय ९९ रनको लक्ष्य राखेको छ।

अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाए। यसअघि कप्तान ग्लेन म्याक्सवेलले ३ छक्का र ४ चौकाको सहयोगले १८ बलमा ४० रन बनाएका थिए। यी दुवैले तेस्रो विकेटका लागि २८ बलमा ८३ रनको साझेदारी गरेका थिए।

म्याक्सवेलले मिचेल म्याकलेङ्घनको एकै ओभरमा २८ रन हानेका छन्। उनले म्याकलेङ्घनले गरेको १५ ओभरमा ३ छक्का र १ चौका प्रहार गरेका थिए। दशौं आइपिएलमा म्याक्सवेलले एकै ओभरमा बनाएको दोस्रो ठूलो रन हो। पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो। मालिङ्गा आज निकै महंगा सावित भए। उनले ५८ रन खर्चे।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी