मैदानमा रोएका नेइमारलाई के भनेर आल्भेसले फकाए?

  • Get News Alerts

युभेन्ट्सका डिफेन्डर डानी आल्भेसले आफ्नो क्लबबाट पराजय भोगेर मैदानमै आँशु झारेका बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारलाई आफूले के भनेर फकाएको? यसको खुलासा गरेका छन्।

च्याम्पियन्स लिगअन्तर्गत घरेलु क्याम्प नोउमा युभेन्ट्सविरुद्ध गोलरहित बराबरी खेलेपछि विहिबार बिहान बार्सिलोना समग्रमा ३–० ले पछि पर्दै क्वाटरफाइनलबाट बाहिरिएको थियो। क्याम्प नोउको दोस्रो लेगमा कुनै नतिजा ननिस्किए पनि टुरिनमा एक साताअघि भएको पहिलो लेगको खेलमा बार्सिलोना ३–० ले पराजित भएको थियो।

खेलको नतिजा निस्किने वित्तिकै नेइमारले मैदानमा आफ्नो आँशु रोक्न सकेका थिएनन्। उनलाई बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका आल्भेस र हुँवा कुआड्राडोले सम्झाएका थिए। त्यतिबेला नेइमार आल्भेसको काँधमा टाउको निहुँर्याएर रुएको तस्बिर विभिन्न विदेशी मिडियाको प्रमुख समाचार बनेको थियो।

आल्भेसले जित र हार खेलको सामान्य नियम भएको भन्दै नेइमारले आफूलाई अंकमाल गरेर रुनु आफ्नो खेल जीवनको महत्वपूर्ण अनुभव रहेको बताए।

उनले भने, ‘मैले उनलाई सम्झाएँ, यसलाई सामान्य रुपमा लिनु पर्छँ। हामीहरु एकआपसमा भिड्नु नै संयोग थियोँ।’

उनले नेइमार मैदानमा रुनुलाई उनको भावना यस खेलसँग जोडिएको अनुभव आफूले गरेको बताए। त्यही अभिव्यक्त मैदानमा पोखिएको आल्भेसले बताउन भुलेनन्। ३३ वर्षीय आल्भेसले पछि नेइमारले आफूलाइ अंकमाल गर्दै गरेको फोटो सोशल मिडियामा पोस्ट गर्दै लेखेका थिए, ‘म तिमीलाई माया गर्छु भाइ।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी