सिटिजन्स बैंकले लन टेनिस प्रतियोगिता गराउने

  • Get News Alerts

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आयोजना हुने भएको छ।

बैंकको दसौं वार्षिकोत्सवका अवसरमा आइतबारदेखि आयोजना हुने यो प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न ८ स्पर्धामा भाग लिने जानकारी बैंकका निर्देशक एवं संघका अध्यक्ष मनोहरदास मुलले दिए।
प्रतियोगितामा पुरुष-महिला सिंगल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ। यस्तै भेट्रानतर्फ ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स-डबल्स तथा ६५ वर्षमाथि सिंगल्सको खेल हुनेछ।

विजेता खेलाडीलाई नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी प्रतियोगिताको कूल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहने विहिबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पुरुष-महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन्। पुरुष डबल्स-मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोश्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्ने छन्। त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन्।
साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको कोर्ट र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी