अटो रिक्सा चलाउने बुवाका छोरा सिराजको आइपिएलमा उत्कृष्ट सुरुवात

  • Get News Alerts

कुनै बेला मोहम्मद सिराजका बुवा हैदराबादमा आटो रिक्सा चलाएर आफ्नो परिवार पाल्ने काम गर्थे। अहिले उनको मेहनतको चौतर्फी प्रसंसा भइरहेको छ। केही महिनाअघि मात्र सिराजलाई सनराइजर्स हैदराबादले २ करोड ६० लाख भारुमा खरिद गरेको थियो। बुधबार राती इन्डियन प्रिमियर लिग(आइपिएल) मा डेब्यु गरेका हैदराबादका तीब्र बलर सिराजले उत्कृष्ट सुरुवात गरे।

उनले ४ ओभरमा ३९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएपछि सिराजको बलिङको मात्र होइन, उनको बुवाले गरेको दुःखको पनि भारतीय मिडियामा चर्चा चल्न थालेको छ।

उनले वुधबार दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा सञ्जु सामसन र साम विलिङ्सको विकेट लिएका थिए। यी दुवै दशौं आइपिएलमा दिल्लीका महत्वपूर्ण ब्याट्सम्यान मानिन्छन्।

दशौं आइपिएलका लागि सुरुमा बोली लाग्दा उनको आधार मूल्य २० लाख भारु मात्र थियो। तर, हैदराबादले उनका लागि यति ठूलो रकम खर्चेको थियो। अहिले उनले आफू माथि लगाएको मूल्य उचित भएको प्रमाणित गरेका छन्।

सिराजको प्रदर्शनबाट उनको बुवा पनि खुसी छन्। सिराजले ११ प्रथम श्रेणी क्रिकेटमा ४४ विकेट लिएका छन्। उनको अन्तिम इच्छा भारतीय टोलीमा पर्ने रहेको छ। बुधबारको खेलमा हैदराबादलाई १५ रनको विजय दिलाउन उनको पनि योगदान महत्वपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी