१३ वर्षपछि फ्रेन्च क्लब च्याम्पियन्स लिगको सेमिफाइनलमा

  • Get News Alerts

मोनाको सन् २००४ पछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने फ्रेन्च टोली बन्न पुगेको छ। नेपाली समयअनुसार बिहान जर्मनी क्लब बोरुसिया डर्टमुन्डविरुद्ध भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा मोनाको ३–१ गोलले विजयी भएपछि सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि डर्टमुन्डमा भएका पहिलो लेगको खेलमा पनि मोनाको ३– २ गोलले विजयी भएको थियो। डर्टमुन्डका खेलाडी मैदानमा आउन ढिलाई भएपछि खेल सुरु हुनु ५ मिनेटको समय लम्बिएको थियो। १८ वर्षीय फ्रेन्च स्ट्राइकर केलियान मम्बापेले ३ मिनेटमै गोल गरेपछि मोनाकोले घरेलु मैदानमा सुरुमै अग्रता बनाएको थियो। मम्बापेले च्याम्पियन्स लिगको नकआउट चरणको ४ खेलमै गोल गरेका हुन्। अर्को गोल राडामेल फाल्काओले १७ मिनेटमा गरे। उनको युरोपेली फुटबल प्रतियोगिताको ५० खेलमा यो ४५ औं गोल थियो। उनले यो सिजन च्याम्पियन्स लिगमा ५ गोल गरेका छन्। तेस्रो गोल भालेर जर्मनले ८१ मिनेटमा गरेका थिए। डर्टमुन्डका लागि एक मात्र गोल ४८ मिनेटमा मार्को रेउसले फर्काए।

डर्टमुन्डले क्वाटरफाइनल समग्रमा ६–३ गोलको फरकमा गुमाएको हो। मोनाकोको जितपछि च्याम्पियन्स लिगमा यो सिजन सेमिफाइनल पुग्ने ४ टिमको समिकरण पुरा भएको छ। यसपालि स्पेनको दुई क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड, फ्रेन्च क्लब मोनाको र इटालियन क्लब युभेन्ट्स सेमिफाइनल पुग्न सफल भएका छन्।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी