मैदानमै रुए नेइमार

  • Get News Alerts

इटालियन क्लब युभेन्ट्ससँग च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेल गालरहित बराबरीमा टुँगिएपछि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमार मैदानमा रुएका छन्। रेफ्रिले क्याम्प नोउमा भएको दोस्रो लेगको खेल सकिएको जनाउ दिँदै सिटी फुकेपछि मैदानमा नेइमारको आँशु थामिएन्।

उनलाई युभेन्ट्सका खेलाडी डानी आल्भेसले मैदानमा सम्झाएका थिए। आल्भेस ८ वर्ष बार्सिलोनाबाट खेलेर युभेन्ट्स लागेका थिए। त्यसैले बार्सिलोनाका खेलाडीहरुसँग आल्भेसको विशेष सम्बन्ध छ।

युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको थियो। यसअघि टुरिनमा भएको पहिलो लेगको खेलमा बार्सिलोना ३–० ले पराजित भएको थियो। बार्सिलोना क्वाटरफाइनलमा समग्रमा ३–० गोलले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

नेइमार रुएको घटनालाई विदेशी सञ्चारमाध्यमले विभिन्न अड्कलबाजी लगाएका छन्। बेलायती मिडियाले उनको बार्सिलोनामा यो नै अन्तिम च्याम्पियन्स लिग हुन सक्ने तर्फ संकेत गरेका छन्। नेइमारलाई बार्सिलोनाले यो सिजनको अन्त्यमा बेच्न लागेको खबर धेरै अगाडिदेखि विदेशी मिडियामा आइरहेको छ। त्यसैले उनको रुवाईलाई यसतर्फ जोडेर हेर्न थालिएको छ।

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनी दर्शकहरुको अभिवादन स्विकार गर्न जर्सीले आफ्नो अनुहार लुकाएर हिडेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी