केन विलियम्सन पहिलो खेलमै उत्कृष्ट खेलाडी, हैदराबाद १५ रनले विजयी

  • Get News Alerts

आइपिएल

भुवनेश्वर कुमारको अर्को प्रभावशाली बलिङका कारण सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ। हैदराबादले पहिलो इनिङमा ४ विकेटको क्षतिमा बनाएको १ सय ९१ रनलाई पछ्याउने क्रममा दिल्ली ५ विकेटको क्षतिमा १ सय ७६ रनमा खुम्चियो। यो नतिजासँगै हैदराबाद ६ मध्ये ४ खेल जितेर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली ५ मध्ये तेस्रो खेल हारेर पनि चौथो स्थानमै छ।

आज हैदराबादलाई विजय दिलाउन दशौं आइपिएलको पहिलो खेल खेलिरहेका न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन र हैदराबाद रणजी ट्रफीका तीब्र बलर मोहम्मद सिराज दुवैले उत्कृष्ट प्रदर्शन गरे। बाँकी काम भुवनेश्वर कुमारले गरे। दशौं आइपिएलको ५ खेलमा १५ विकेट लिइसकेका भुवनेश्वर पहिलो पल्ट विकेट बिहिन बने। तर, उनले एउटा पनि छक्का नखाई ४ ओभरमा २९ रन मात्र खर्चे।

दिल्लीलाई जित दिलाउन युवा ब्याट्सम्यान सञ्जु सामसन, करुण नायर र श्रेयष एैयरले कडा मेहनत गरेका थिए। तर, अनुभवको कमीका कारण उनीहरु असफल रहे। प्रारम्भिक ब्याट्सम्यान सामसनले २ छक्का र ३ चौकाको सहयोगले ३३ बलमा ४२ रन बनाए। नायरले २३ बलमा ३३ र मध्यक्रममा एैयरले २ छक्का र ५ चौकाको सहयोगले ३० बलमा ४९ रन बनाउदै खेल तान्ने प्रयास गरेका थिए।

एञ्जेलो म्याथ्युसले २५ रन बनाए पनि खासै केही गर्न सकेनन्। सिराजले दिल्लीका दुई प्रभावशाली ब्याट्सम्यान साम बिलिङ्स (१३) र सामसनको विकेट लिए।

यसअघि हैदराबादका लागि विलियम्सनले ५ छक्काको सहयोगले ५१ बलमा ८९ रन बनाका थिए। कप्तान डेभिड वार्नर आइपिएलको पछिल्लो १७ खेलपछि पहिलो पल्ट दोहोरो अंक छुन नसकेको अवस्थामा विलियम्सनले ३३ बलमा अर्धसतक पुरा गर्दै बिस्फोटक सुरुवात गरेका थिए। उनले प्रारम्भिक ब्याट्सम्यान शिखर धवनसँग मिलेर ७० बलमा सतकीय साझेदारी गरेका थिए।

धवनले पनि ५० बलमा १ छक्का र ७ चौकाको सहयोगले ७० रन बनाएका थिए। वार्नर ४ रन बनाएर आउट भएको स्थितिमा यी दुवैले टिमलाई सम्हालेका थिए। विलियम्सनले पावरप्ले हटेपछि ३७ बलमा ७७ रन हिर्काएका थिए।

युवराज सिंहको २ सय टि–२० खेल रहेको यो खेलमा उनले खासै राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ३ रन बनाएर आउट भए। मोएसेस हेनरिकेसले अविजित १२ रन बनाए। खेलको म्यान अफ दि म्याच विलियम्सन घोषित भए। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी