झापामा जुडोको विद्यालय बन्दै

  • Get News Alerts

झापामा १६ लाख रुपैयाँको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ।

कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे। 

जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए। उनले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गरे।

जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टले बताए। 

सो अवसरमा सचिव विष्टले भवन निर्माणका लागि राखेपमार्फत नगद पाँच लाख सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। भवन अभावमा अहिले बाँसको चित्राले घेराबेरा गरी कक्षा कोठा निर्माण गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी