पुजाराको अस्ट्रेलियाविरुद्ध ५ सय बल खेल्ने नयाँ कीर्तिमान

  • Get News Alerts

भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारा टेस्ट क्रिकेटमा तेस्रो पल्ट दोहोरो सतक बनाउन सफल भएका छन्। अस्ट्रेलियाविरुद्ध राचीमा भइरहेको तेस्रो टेस्टको चौथो दिन आइतबार पुजाराले २ सय २ रन बनाएपछि भारतले ९ विकेटको क्षतिमा ६ सय २ रन बनाएर इनिङ समाप्तीको घोषणा गर्यो। पहिलो इनिङमा अस्ट्रेलियाले ४ सय ५१ रन बनाएको थियो।

पुजाराको अस्ट्रेलियाविरुद्ध यो दोस्रो दोहोरो सतक थियो। उनले कङ्गारुविरुद्ध ११ टेस्टमा एक हजार रन पनि पुरा गरेका छन्। उनी पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र राहुल द्रविडपछि अस्ट्रेलियाविरुद्ध हजार रन बनाउने भारतीय ब्याट्सम्यान बन्न पुगे।

पुजाराले इङ्ल्यान्डविरुद्ध पनि हजार रन पुरा गरेका छन्। पुजारा अस्ट्रेलियाविरुद्ध टेस्टको एउटै इनिङमा ५ सयभन्दा बढि बल खेल्ने तेस्रो ब्याट्सम्यान बन्न पुगेका छन्। पछिल्लो पल्ट १९६४ मा इङ्ल्यान्डका केन बेरिङटनले ओल्ड ट्राफोड टेस्टमा २ सय ५६ रन बनाउने क्रममा ६ सय २४ बल खेलेका थिए।

अस्ट्रेलियाविरुद्ध यो कीर्तिमान यसअघि इङ्लिस ब्याट्सम्यानले मात्र बनाएका थिए। जसमा लेन हटनले ३ सय ६४ रन बनाउने क्रममा ८ सय ४७ बल खेलेका थिए। वाली हेमन्ड्सले तीन पल्ट कङ्गारु बलरको ५ सयभन्दा बढि बल खेलेका थिए।

पुजारा इङ्लिस ब्याट्सम्यानपछि पहिलो बाहिरी खेलाडी हुन्, जसले एउटै इनिङमा ५ सयभन्दा बढि बल खेले। उनले २ सय २ रन बनाउने क्रममा ५ सय २५ बल खेलेका थिए। पुजाराले पहिलो श्रेणी क्रिकेटमा ११ पल्ट दोहोरो सतक बनाइसकेका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी