ग्वार्डिओलाको विश्वास– मेसीलाई बार्सिलोनाले बेच्छ

  • Get News Alerts

इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर अर्जेन्टिनाका लिओनल मेसीलाई बार्सिलोनाले बेच्ने कुरामा आफू ढुक्क रहेको बताएका छन्।

बेलायती अखबार सन्डे एक्सप्रेसले उनको भनाईलाई उध्रित गर्दै बार्सिलोनाले मेसीलाई बेच्ने कुरामा ग्वार्डिओला आश्वस्त रहेको दावी गरेको छ।

लामो समय बार्सिलोनाको प्रशिक्षक रहेका ग्वार्डिओला यसै सिजनदेखि म्यानचेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका हुन्। उनी सिटीमा आएदेखि मेसीलाई क्लबमा भित्र्याउन भूमिका खेलिरहेका छन्। मेसीलाई महंगो मूल्यमा इङ्लिस क्लबमा भित्र्याउन यो सिजनपछि सिटीले क्लबका थुप्रै खेलाडीलाई बेच्ने सम्भावना छ। ग्वार्डिओलाले सिटीका १८ खेलाडीलाई बेच्ने सूचीमा राखेको हल्ला क्लबभित्र चलिसकेको छ।

बार्सिलोनामा मेसीको अनुबन्धको मिति अर्को सिजनको अन्त्यपछि समाप्त हुँदैछ। स्पेनिस क्लबले नेइमार र लुइस सुआरेजको अनुबन्धलाई नवीकरण गरेपनि मेसीको गरेको छैन्। हाल बार्सिलोनाबाट साताको ४ लाख पाउन्ड पारिश्रमिक लिएर खेलिरहेका मेसीको प्रस्ताव ६ लाख ५० हजार पाउन्ड रहेको छ।

तर, क्लबले आम्दानीको ७० प्रतिशत रकम मात्र खेलाडीको पारिश्रमिकमा खर्चिने भन्दै मेसीलाई यति ठूलो रकम दिन नसक्ने बताइसकेको छ।

मेसीको अनुबन्धका लागि म्यानचेस्टर सिटीले २० करोड पाउण्ड खर्चिने संकेत दिइसकेको सन्दर्भमा ग्वार्डिओलाले आफ्ना पूर्व खेलाडीलाई इङ्लिस क्लबमा भित्र्याउने सम्भावना देखेका छन्। ग्वार्डिओलाले बार्सिलोना छोडे पनि उनीहरुको सम्बन्ध घनिष्ट रहेको बताइन्छ।

मेसीले पहिरिने बार्सिलोनाको १० नम्बरको जर्सी विश्वमा सर्वाधिक बिक्रि हुने गरेको छ। म्यानचेस्टर सिटीले मेसी बार्सिलोना छोडेर आएको खण्डमा उनको जर्सीबाट हुने कमाइँलाई दुवै पक्षले लाभको रुपमा कसरी उपभोग गर्ने विषयमा समेत कुरा अगाडि चलाइरहेका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी