म्याड्रिडले हरायो बिलबाओलाई, बार्सिलोनाभन्दा ५ अंकले अगाडि

  • Get News Alerts

रियल म्याड्रिडले स्पेनिस ला लिगामा बार्सिलोनासँगको अग्रतालाई ५ अंकले अगाडि राखेको छ। शनिवार राती एथलेटिको बिलबाओलाई उसैको घरमा १–२ को नतिजा निकाल्ने क्रममा म्याड्रिडले २७ खेलबाट ६५ अंक जोडेको छ।

आइतबार राती भेलेन्सियासँग भिड्न लागेको बार्सिलोनाको २७ खेलबाट ६० अंक छ। सन् २०१२ पछि लिग उपाधि जित्ने होडमा रहेको म्याड्रिडका लागि करिम बेन्जेमा र कासेमिरोले गोल गरेका थिए।

निकै तनावपूर्ण यस खेलमा ६५ मिनेटमा बिलबाओका भेट्रान स्ट्राइकर आरिट्ज अडुरिजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, क्रिस्टियानो रोनाल्डोको पासमा कासेमिरोले ३ मिनेटपछि गोल फर्काउदै भ्रमणकारी टोलीलाई जित दिलाए।

यसअघि खेल सुरु भएको २५ मिनेटमा बेन्जेमाको गोलका कारण म्याड्रिडले पहिलो हाफमा ०–१ को अग्रता लिएको थियो। गत अगस्टदेखि आफ्नो घरेलु मैदानमा कुनै खेल नहारेको बिलबाओविरुद्ध रोनाल्डोले मैदानको दायाँ कुनाबाट फ्याँकेको क्रसलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा ३६ वर्षीय अडुरिजको गोलका कारण खेल १–१ को बराबरीमा थियो। तर, ६८ मिनेटमा कासेमेरोले गोल फर्काएपछि म्याड्रिड विजयी भयो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी