नेइमारलाई राहत, कर छलीमा साढे २ अर्ब मात्र तिर्नु पर्ने

  • Get News Alerts

कर छलीको अभियोगमा आफूले ठूलो राहत पाएको जानकारी बार्सिलोनाका स्टार ब्राजिली स्ट्राइकर नेइमारले जानकारी दिएका छन्। ब्राजिलको कर विभागले उनको निवेदनलाई स्विकार गर्दै बक्यौता रकमलाई आधा गर्ने निर्णय गरेपछि नेइमारले राहत महसुस गरेका हुन्।

कर छलीको मुद्धामा ब्राजिलको कर विभागले नेइमार र उनको परिवारमाथि करिब ५ अर्ब ६३ करोड रुपैयाँ जरिवाना तोकेको थियो। नेइमारले जरिवाना रकम बढि भएको भन्दै पूर्नविचारका लागि निवेदन दिएका थिए। जसलाई स्विकार गर्दै विभागले करिब साढे २ अर्ब रुपैयाँ मात्र तिर्ने आदेश गत विहिबार दिएको छ।

ब्राजिलको सान्तोष क्लबबाट २०१३ मा स्पेनको बार्सिलोनामा अनुबन्धित हुँदा कर छली गरेको आरोमा नेइमार र उनको परिवारले स्पेनमा पनि मुद्धा खेपिरहेका छन्। नेइमारले आफ्नो छवीको लागि प्राप्त रकम राख्ने अधिकार परिवारमा मात्र निहित रहेको तर्क राखेका थिए।

कर विभागको यो निर्णयलाई कानुन व्यवसायीले वित्तीय अपराध मानेका छन्। र, यो निर्णयले कर छली गर्नेहरुलाई प्रोत्साहित गर्ने दावी गरेका छन्।

ब्राजिलबाट प्रकासित हुने पत्रिका फोल्हा साओ पाउलोका अनुसार गत विहिबार नेइमारलाई तोकिएको ब्राजिलको स्थानीय रुपैयाँ १ अर्ब ८ करोड ८० लाख रेयासलाई घटाएर आधा गर्ने निर्णय गरिएको हो। पत्रिकाले नेइमारको बुवा नेइमार सान्तोषको प्रतिक्रिया पनि सार्वजनिक गरेको छ। जसमा उनले भनेका छन्,‘भगवानको कृपाले हामीले मुद्धा जितेका छौं। हाम्रो घरेलु व्यवसायले कानुनी मान्यता पाएको छ।’

बार्सिलोनाले नेइमारलाई अनुबन्धित गर्दा ५ करोड ७१ लाख युरो खर्च गरेको र परिवारलाई थप ४ करोड युरो दिएको बताएको थियो। तर, स्पेनको कर अधिकारीले नेइमारलाई अनुबन्धित गर्दा मात्र ८ करोड ३० लाख युरो खर्चेको अनुमान गरेको छ।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी