मेसी बने 'फ्रिकिक' विशेषज्ञ!

  • Get News Alerts

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी गोल गर्न खप्पीस भएको कुरा कसैबाट लुकेको छैन। उनी हरेक ‘एङ्गल’ बाट गोल गर्न माहिर मानिन्छन्। अझ, डिबक्स भित्र विपक्षी गोलरक्षकलाई झुक्याएर गोल गर्नु उनको विशेषता नै हो। तर, पछिल्लो समय मेसी फ्रिकिकको पनि विशेषज्ञ बन्दै गइरहेका छन्।

मेसीले बुधबार कोपा डेल रेअन्तर्गत एथलेटिक बिलाबाओविरूद्ध ७८ मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए। उनले त्यो गोल बिलाबाओका गोलकिपरलाई हेरेको हेरै पार्दै दाहिने पट्टी च्यापेर ‘लो एङ्गल’ मा गरेका थिए।

मेसीको पछिल्लो तीन खेलमा तेस्रो फ्रिकिक गोल थियो। उनले तीन दिनअघि मात्र भिलारेलविरूद्ध १–१ को बराबरी खेलमा अन्तिम ९० मिनेटमा बार्सिलोनाका लागि गोल गर्दा फ्रिकिककै सहारा लिएका थिए।

मेसीको फ्रिकिक गोलका कारण बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा लगातार सातौं वर्ष पनि प्रवेश गरेको थियो। मेसीको फ्रिकिकबाट यो समेत २६ औं गोल थियो।

उनले आफ्ना क्लबका पूर्व खेलाडी रोनाल्ड कोएमेनको फ्रिकिक गोलको कीर्तिमानलाई बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानलाई बराबरी गरेपछि इङ्लिस क्लब इभर्टनका हालका प्रशिक्षक कोएमेनले मेसीलाई बधाई दिएका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी