सुआरेजले गोल गर्ने मामिलामा मेसीलाई उछिने

  • Get News Alerts

लुइस सुआरेजले बार्सिलोनाका लागि सय गोल गर्ने कीर्तिमान पुरा गरेका छन्। उनले कोपा डेल रेअन्तर्गत एथलेटिक बिलबाओविरूद्धको खेलमा ३५ मिनेटमा गोल गर्दै बार्सिलोनाबाट सय गोल गर्ने कीर्तिमान बनाए।बुधबार राति बिलबाओलाई ३–१ ले पराजित गर्ने क्रममा बार्सिलोना ४–३ गोलको अग्रता बनाउदै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गर्यो। पहिलो लेगको खेलमा बिलबाओ २–१ ले विजयी भएको थियो।

इङ्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा अनुबन्धित भएका सुआरेजले १ सय २० खेलमा सय गोल पुरा गरेका हुन्। सय गोल पुरा गर्ने क्रममा उरुग्वेका स्ट्राइकरले लिओनल मेसीलाई पनि उछिनेका छन्। मेसीले १ सय ८८ खेल खेल्दै बार्सिलोनाका लागि सय गोल पुरा गरेका थिए।

सुआरेज बार्सिलोनाबाट छिटो सय गोल पुरा गर्ने तेस्रो खेलाडी बन्न पुगेका छन्। यसअघि मारियानो मार्टिनले ९९ खेलमा सय गोल पुरा गरेका थिए। यस्तै, हंगेरीका लाज्लो कुबालाले १ सय ३ खेलमा सय गोल पुरा गर्ने कीर्तिमान बनाएका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी