दोस्रो रुस्लान कप क्रिकेट- केसिटिसी र रोयल पिसी विजयी

  • Get News Alerts

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा केसिटिसी र रोयल पिसी फाइटर विजयी भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो। त्यस्तै पिसी फाइटरले खहरी क्रिकेट क्लब, धादिङलाई ६ विकेटले हराउँदै विजयी भएको हो।

क्याननले दिएको ११२ रनको चुनौतीलाई केसिटिसीले १५ ओभरमा नै भेट्टायो। केसिटिसीले १५ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन जोडेको थियो । केसिटिसीका ब्याट्सम्यान सञ्जय बस्नेतले अविजित ४२ रनको योगदान दिए। त्यसैगरी आदिल खानले १३, विपीन आचार्य, सुमित मर्हजन तथा विवेक रानामगरले समान ११÷११ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्याननले खेलेको निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा १११ रनको योगफल बनाएको थियो । क्याननका ब्याट्सम्यान सुमन ठाकुरले ३८, भुवन बस्नेतले १५ तथा अजयकुमार ठाकुरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

त्यसैगरी खहरी क्रिकेट क्लबले दिएको ११६ रनको चुनौतीलाई पिसी फाइटरले १२ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। पिसी फाइटरका ब्याट्सम्यान रविन जोशीले अविजित ५३ रन जोडे भने विजय सुनुवारले २९ तथा दानबहादुर कार्कीले २३ रनको योगदान दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको खहरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन जोडेको थियो। खहरीका ब्याट्सम्यान अमृत थापाले २६, अनिल थापाले २३ तथा कृष्ण अधिकारीले २० रन जोडे। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी